कोल्हबीका नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठलाई स्वागत गर्दै हाजिरी

तराईसंचार
384 पाठक संख्या
कोल्हवी । बाराको कोल्हवी नगरपालिकामा नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठलाई स्वागत गर्दै हाजिरी गर्नुभएको छ । नगरपालिकामा आयोजित संक्षिप्त स्वागत कार्यक्रमका बीच श्रेष्ठले कार्यभार सम्हाल्नुभएको हो । निर्वाचनमा निर्वाचन अधिकृतकारुपमा आएका श्रेष्ठ कोल्हबीमा अहिले प्रमुख प्रशासकीय अधिकृत भएर आएका हुन । आफैले निर्वाचन अधिकृतकारुपमा प्रमाणपत्र प्रदान गरेका थिए ।
नगर प्रमुख रामप्रसाद चौधरी र उपप्रमुख लक्ष्मी चौधरी, लेखा अधिकृत सुरेन्द्र चौधरी, वडाअध्यक्षहरु सहित नगरपालिकाका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत गर्नु भएको हो ।  नगर प्रमुख चौधरीले नगरको प्रशासनिक, विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले नगरपालिकाको समग्र विकास, सुशासन प्रवद्र्धन तथा जनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगर नेतृत्व, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहकार्यमा नगरपालिकालाई अनुशासित र परिणाममुखी बनाइने उल्लेख गर्नुभयो।
कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। यसअघिका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल लालबन्दी नगरपालिका सरुवा भएका थिए ।
शेयर