बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बारा जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य अच्युत मैनालीलाई प्रदान गरिएको छ । केन्द्रीय सचिवालय बैठकको निर्णय उनलाई ईन्चार्ज तोकिएको हो । बारा क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधिसभा सांसद समेत रहेका मैनाली पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित जिम्मेवारी दिइएको बताईएको छ ।
पार्टीभित्र कुशल संगठनकर्ता, अनुशासित र अनुभवी नेताका रूपमा परिचित मैनालीको नेतृत्वमा बारा जिल्लामा एमालेको संगठन थप सशक्त बन्ने विश्वास गरिएको छ । बारा जिल्लाका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले केन्द्रीय सदस्य मैनालीलाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा हार्दिक बधाई दिँदै सफल, ऊर्जाशील र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन् । पार्टीको जिल्ला सचिब, अध्यक्ष हुदै २०६५ मै केन्द्रिय सदस्य बनेका मैनाली २०४१ मा अनेरास्वबिय बाराका अध्यक्ष भएका थिए । कानुन र राजनितीमा स्नाकोत्तर गरेका छन ।





