एकै ठाउ निजगढकोे गाडी लुटपाटमा सोही ठाउका आधा दर्जन सम्लग्न, चार पक्राउ

तराईसंचार
569 पाठक संख्या
पठन समय 3 मिनेट
बारा । बारा निजगढ निवासी एकै ठाउको गाडी लुटपाटमा सम्लग्न रहेको आरोपमा सोही ठाउका आधा दर्जन सम्लग्न रहेको प्रहरीले जनाएको छ ।
निजगढ हुदै रौतहटको चन्द्रपुर नगरपालिका– ४ तर्फ जादै गरेको मिनि ट्रक रोकी चालक निजगढ नगरपालिका– ५ का किरण नेपाललाई लुटपाट भएकोमा सम्लग्न निजगढ सोही ठाउका चार जनालाई पक्राउ गरेको छ ।
ना.०८ ख.१०१३ नम्बरको मिनि ट्रकलाई लुटपाट गरेको आरोपमा प्रहरीले बाराबाट रौतहटतर्फ जादै गरेको मिनि ट्रकलाई मध्य जगलमा रहेको लम्हा पुल नजिक लुटपाटपछि फरार रहेका चार जनालाई पक्राउ गरेको हो । घटनामा सम्लग्न अन्य व्यक्तिहरूको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार घटना गत असार २८ गते बिहान करिब २ः३० बजे घटेको सो घटना पूर्वनियोजित र योजनाबद्ध रहेको देखिएको बताएका छन ।
घटना बाराको निजगढतर्फबाट रौतहटतर्फ आउदै गर्दा एक समूहले ढुंगा प्रहार गरी ट्रक रोकेको थियो । ‘मोटरसाइकलमा आएका करिब ६–७ जनाको समूहले ट्रकमाथि ढुंगा प्रहार गरी चालक नेपाललाई त्रास देखाई नगद लुटपाट गरेका थिए । घटनापछि फरार भए पनि प्रयोग गरिएको मोटरसाइकल घटनास्थलमै छाडिएको अवस्थामा फेला परेका कारण सम्लग्नहरुको पहिचान भएको हो । घटनास्थलमा फेला परेको बा. ७४ प. १४९० नम्बरको पल्सर मोटरसाइकल बारा निजगढ नगरपालिका– ४ बस्ने २५ वर्षीय अमर अधिकारीको भएको खुलेपछि अनुसन्धानले तीव्रता पाएको थियो । प्रहरीका अनुसार अमर अधिकारी सहितको समूहले ट्रकमा आक्रमण गरी लुटपाट गरेको पुष्टि भएको छ ।
लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल घटनास्थलमै छाडि फरार रहेका उनीहरुको बारेमा प्रहरी अनुसन्धान गर्दा सो मोटरसाइकल बाराको निजगढ नगरपालिका ४ बस्ने २५ वर्षीय अमर अधिकारीको रहेको र उनी लगाएतका समुहले लुटपाट गरी घटनास्थलमा मोटरसाईकल छाडी फरार रहेको खुल्न आएको थियो ।
प्रहरीले बारा निजगढ नगरपालिका– ४ पुरानो टोल बस्ने लोक बहादुर सापकोटाको छोरा ३२ वर्षीय अरूण सापकोटा, सोही स्थान बस्ने मोहन बहादुर अधिकारीको छोरा २४ वर्षीय अमर वहादुर अधिकारी र मान बहादुर कुश्वारको छोरा २८ वर्षीय कृष्ण कुश्वारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबैजना बारा जिल्लाको निजगढ नगरपालिका– ४ पुरानो टोलका स्थायी बासिन्दा हुन । उनीहरूलाई सोही दिन साँझ करिब ५ बजे गाउँ टोलमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रायका अनुसार अन्य फरार व्यक्तिहरुको पहिचान खुलाउने र पक्राउ गर्ने काममा प्रहरी सक्रिय छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको छ ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *