बारा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।

६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सहित आइतबारबाट सुरु भएको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको हो ।
महाधिवेशनबाट बारा जिल्लाले महत्वपूर्ण प्रतिनिधित्व पाएको छ । बाराका फर्मुल्लाह मन्सुर (मुस्लिम क्लस्टर) सहमहामन्त्री पदमा निर्विरोध चयन भएका छन । बारा जिल्लाबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । केन्द्रीय सदस्य (खल्ला) पदमा शम्भु बुढाथोकी, केन्द्रीय सदस्य (मधेश प्रदेश–महिला) पदमा मधु शाही तथा केन्द्रीय सदस्य (मधेश प्रदेश–खुल्ला) पदमा रामानन्द यादव निर्वाचित भएका हुन ।
त्यसैगरी केन्द्रीय उपसभापतिहरुमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल भएका छन । केन्द्रीय महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत सबै सर्वसहमतिले निर्वाचित भएका हुन ।
त्यस्तै केन्द्रीय सह–महामन्त्रीह?मा मुस्लिमतर्फ बाराका फर्मुला मन्सुर, महिलामा डा. डिला संग्रौला , (दलित) प्रकाश रसाइली स्नेही , आदिवासी जनजाति बहादुर सिंह लामा , खस–आर्य उदय शम्शेर राणा, मधेशी ममता कुमारी यादव , थारु, योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा भएका छन ।
केन्द्रीय सदस्य (खुला) – ३५ जना जनामा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के।सी।, राजेन्द्र कुमार के।सी।, अर्जुन प्रसाद जोशी, सुरेश कुमार योगी , चिनकाजी श्रेष्ठ, सुधीर रिसवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाल्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाईं , डा। केदार नरसिंह के।सी। , वीर बहादुर बस्नेत, पृथ्वी जंग शाही , भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी बारा, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह भएका छन ।
त्यसैगरी महिला खुला केन्द्रिय सदस्यहरुमा चन्द्रा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सापकोटा, सन्तोषी साउद ऐरी, दिल कुमारी राई लगायतका रहेका छन ।
त्यसैगरी प्रदेश अनुसार केन्द्रिय सदस्यहरुमा कोशी प्रदेश सारदा देवी कोइराला, कोशी प्रदेश – खुला हिमालय कर्मचारी र अञ्जु पौडेल, मधेश प्रदेश – महिलामा मधु शाही बारा , मधेश प्रदेश खुलामा रामानन्द यादव र बजरंग नेपाली, बागमती प्रदेश महिला उमा दाहाल, बागमती प्रदेश खुला जितनारायण श्रेष्ठ र रमेश धमाला , गण्डकी प्रदेश – महिला विष्णु देवी पाण्डे , गण्डकी प्रदेश – खुला रेशम बानियाँ र कृष्ण के।सी। , (लुम्बिनी प्रदेश – महिला पवित्रा कुमारी अर्याल , लुम्बिनी प्रदेश – खुला , केशव आचार्य र रामबहादुर कार्की , कर्णाली प्रदेश – महिला, रामदेवी खड्का, कर्णाली प्रदेश खुल्ला विशाल शाही र नारायण भट्टराई , सुदूरपश्चिम प्रदेश महिला निपा चौधरी, सुदूरपश्चिम प्रदेश खुला हिमबहादुर रावल र नरेन्द्र प्रसाद भट्ट , (अपाङ्गता भएका खुला , प्रकाश पन्त, अल्पसंख्यक शिवनारायण सिंह गनगाई भएका छन ।
त्यसैगरी दलित – महिला , सिता मिजार, छायाँ सुनार, गंगा सुनार, ललिता नेपाली, दलित – खुलामा मैकुलाल बास्तोला, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बी।के।, दिनेश सुनार, आदिवासी जनजाति महिला सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुसुमदेवी थापामगर, ललितादेवी बोखिम लिम्बु, डा। अमिता प्रधान, छिरिङ्बुहोम शेर्पा, आदिवासी जनजाति खुला तारामान गुरुङ, अशोकुमार काबे, छत्रबहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम विष्ट , नरेन्द्र केडाङ, दीपेन श्रेष्ठ , खस–आर्य – महिला उमा रिसवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की , विनिता खड्का, सपना खत्री, खस–आर्य – खुला विजय थापा, मथुरा घिमिरे, जगदीश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भट्टराई, कमल भुषाल भएका छन ।

केन्द्रीय सदस्य मधेशी महिलाहरुमा अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा आचार्य, निलम साह, मधेशी खुलामा राम पदम शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सुनिल कुमार यादव, रामरूप प्रसाद, मुस्लिम – महिला सनम बेगम , मुस्लिम खुलामा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारु – महिला नवोदिता चौधरी, सुनिता राना, थारु – खुला सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित , केन्द्रीय सदस्य (पछाडि परेको क्षेत्र खुलामा दीपक जंग शाह निर्विरोध चयन भएका हुन । यता नेपाली काग्रेस संस्थापन समुहले भने बिशेष महाधिबेशन अबैधानिक भन्दै महामन्त्री र सहमहामन्त्रीलाई कार्वाही गरेको छ । यसले नेपाली काग्रेस फुटेको छ । एकको नेतृत्व शेर बहादुर देउवाले र अर्को गगन थापाले आधिकारिकता कसले पाउने बिवाद अदालत जाने निश्चित बनेको छ ।






