जितेन्द्र प्रसाद चौधरी
कोल्हबी । २५ औ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कोल्हबीले आफ्नो नयाँ भवनको प्राङ्गणमा वृक्षारोपण गरेको छ । कोल्हबी न पा वडा न १ मठवा करबोलामा नव निर्मित भवनको प्राङ्गणमा एक कार्यक्रमको बिच सो वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कोल्हबी न पा को नगर प्रमुख रामप्रसाद चौधरीको बिशेष उपस्थितिमा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी , कोल्हबी न पा वाड न १ का वडा अध्यक्ष राजहरण चौधरी ,४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली , ७ का वडा अध्यक्ष सलाउदिन अन्सारी ,९ का अध्यक्ष दलबहादुर चौधरी ,पूर्व मेयर भरत बहादुर भण्डारी, तामागढी साझेदारी वन उपभोक्ता समुह कोल्हबीका अध्यक्ष रबिन्द्र पनुहर, कोल्हबी नगर उधोग बाणिज्य संघका उपाध्यक्ष प्रेमनारायण चौधरी , जनशक्ती क्लब कोल्हबीका अध्यक्ष खुशी चौधरी , युवा सामजसेवी अमृत जि आर ,पारसनाथ चौधरी , दिपलाल चौधरी , ईलाका प्रहरी कार्यालय कोल्हबीका वरिष्ठ सइ प्रबिन मिश्र , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कोल्हबीका प्रमुख सन्तोष राज घिमिरे कोल्हबी ब्याड मिन्टन टिमका खेलाडीहरु संजय चौधरी , मोहमद हुसेन आलम ,सरोज जयसवाल लगाएत विभिन्न गाउँका समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अम्बा, मलेसियन साल ,सपेता, सिसु लागाएत विभिन्न प्रजातीका ८६ थान बिरुवा रोपिएको हो । नगर प्रमुख रामप्रसाद चौधरीले आफ्नो हातबाट बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमलाई शुरूवात गर्नु भएको थियो।




