दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता वडा नं. ९ को टिम र वडा १० को टिम विजयी 

तराईसंचार
80 पाठक संख्या
पठन समय 2 मिनेट
           निजगढ । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको बुुधवार भएको क्वाटर फाईनल पहिलो चरणको खेलमा वडा नं. ९ को टिमले जितेको छ । वडा नं. ३ लाई ० का विरुद्ध वडा नं. ९ को टिमले १ गोल गरी जीत हात पारेको हो । खेलको पहिलो हाफको ९ औं मिनेटमा सो टिमका जर्सी नं. १० का प्रिन्स खड्काले गरेको गोल नैं निर्णायक भएको हो । उत्कृष्ट डिफेन्स खेलेसंगै आजको प्रतियोगिताको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नं. ४ का आनन्द कुुमर घोषित भए । उनलाई वडाअध्यक्ष रामचन्द्र कटुवाल लगायत वडासदस्यहरुले संयुुक्त रुपमा रेग्मी ट्रफि प्रदान गरे ।
त्यसैगरी दोस्रो चरणको खेलमा वडा नं. १ र वडा नं. १० को टिम बिच भएको निक्कै प्रतिश्पर्धात्मक खेलमा वडा नं. १० ले जीत हात पारेको छ । खेलको दोस्रो हाफको निर्धारित समयमा दुुबै टिमका खेलाडीहरुले गोल गर्न नसकेपछि थप अतिरिक्त २ मिनेटको सयमको अन्तमा वडा नं. १० को टिमका जर्सी नं. ७ का विजय वाईवाले निक्कै आर्कषक गोल गर्दै आफ्नो टिमका लागि निर्णायक गोल गरेसंगै आजको प्रतियोगिताको म्यान अफ दि म्याच उनी नैं घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी र निजगढ नगर खेलकुुद विकास समितिका सदस्य एंव प्रशिक्षक धन बहादुर लामाले संयुुक्त रुपमा ट्रफि प्रदान गरे ।
आजको दुुई चरणको खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी र रियाजुल स्लाम,  सहायक रेफ्री राजुु चौधरी, फोर्थ अफिसियल नीलकमल चौधरी रहेका छन् । विहीवार हुुने सेमी फाईनल खेल पहिलो खेल दिउसो २ बजे वडा नं. ७ र ९ र दोस्रो खेल दिउसो ३ बजे वडा नं. १० र १३ बिच निजगढ नपा ९ स्थित शहीद हिरालाल रंगशालामा हुुने जनाएको छ
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *