बारा । निर्वाचन भएर ससद सञ्चालनमा आएको प्रतिनिधि सभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएको छ । संसदीय समितिमा बाराका चारै सासदहरु बिभिन्न समितिमा परेका छन ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बारा क्षेत्र नं. ३ का सासद अरबिन्द साह र क्षेत्र नं. २ का सासद चन्दन कुमार सिंह परेका छन । शिक्षा स्वास्थ्य तथा सुचना प्रबिधि समितिमा बारा क्षेत्र नं. ४ का सासद रहबर अन्सारी परेका छन भने बारा क्षेत्र नं. १ का सासद गणेश धिमाल सार्वजनिक लेखा समितिमा चयन भएका छन ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति मध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् । संयुक्त समितिमा संसदीय सुनुवाई समिति बारा २ का सासद चन्दन कुमार सिंह चयन भएका छन ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वय अनुगमन तथा मूल्यांकन समिति पनि आजै प्रतिनिधिसभामा प्रस्तुत भएको हो । उक्त समितिका सदस्यहरूको नाम पनि सभाबाट स्वीकृत भएको छ ।




