भक्तपुर / भक्तपुर मध्यपुर ठिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा संचालित होल्डिङ सेन्टरमा वसेका बाराको सुवर्ण गाउँपालिका वडा नंवर २ वाट आएका ५७ वर्षीय सुकुम्वासी हिरालाल पासवान झुण्डिएको अवस्थामा फेला परेका छन । भुमिहिन दलित सुकुम्वासी उनी केही गर्न सकिन्छ की भनेर लामो समय देखी काठमाडौंमा कमाई खाई आएका थिए ।
नेकपा एमालेका नेता पु?षोत्तम पौडेलले पासवानको मृत्युप्रति श्रध्दाञ्जली व्यक्त गर्दै निजको परिवारजनमा समवेदना व्यक्त गरेका छन । सुकुम्बासीमा आपनो नाम नपरेको भनी चिन्तत उनी होल्डिङ सेन्टरको विजोक अवस्था र कमाएर खान पनि नपाउने स्थीती वन्दै गएपछि आत्महत्या गर्न बाध्य भएको नेता पौडेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार पौडेलले माग गरेका छन ।
पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान १) बजेतिर खाना खान बोलाउन जाँदा ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा पासवान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका थिए ।
काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गराउने क्रममा घर भत्काएपछि पासवानको परिवार बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएको थियो। घर भत्काइएपछि पासवान तीव्र मानसिक तनावमा रहेको र सोही तनावका कारण उच्च रक्तचाप एवं आँखामा समस्या देखिएको मृतककी बुहारीले बताएकी छिन । पुनःस्थापना तथा व्यवस्थापन सम्बन्धी सरकारी सूचीमा आफ्नो नाम नपरेको भन्दै पासवानले पटक–पटक चिन्ता व्यक्त गर्ने गरेको परिवारको भनाइ छ ।
ूहाम्रो घरजग्गा कहीँ छैन। सबैको नाम आयो, हाम्रो नाम किन आएन भनेर बुबाले सधैँ गुनासो गर्नुहुन्थ्यो, बुहारीले भनिन बिहान १) बजे घटना भए पनि साँझसम्म जिम्मेवार निकायका प्रतिनिधि सोधपुछका लागि समेत आएनन । परिवारले केवल शव उठाएर लैजाने प्रयास मात्र भएको भन्दै आपत्ती जनाएको छ। विस्थापित परिवारको व्यवस्थापन र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग पासवानका आफन्तहरूले राखेका छन । सरकारले चार महिनासम्म सुकुम्वासी व्यवस्थापन गर्न सकेको छैन । अझै १ सय १३ परिवारका २ सय ६३ जना भने अझै होल्डिङ सेन्टरमै रहेका छन्











