कांग्रेस महाधिवेशन कुन पदमा कति उम्मेदवार, कति जना निर्वाचित हुँदैछन् 

तराईसंचार
108 पाठक संख्या
ठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । सभापति सहित विभिन्न पदाधिकारीमा ३० भन्दा बढी जनाको उम्मेदवारी परेको छ । विधान संशोधनपछि कांग्रेसले पदाधिकारीको संख्या बढाएसँगै यसपटक धेरै पदमा प्रतिस्पर्धा हुने भएको छ ।
सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । गगन थापा, श्यामकृष्ण खड्गी र किशोर सिंह राठौरले सभापतिमा उम्मेदवारी दिएका छन ।  एक जना निर्वाचित हुने सभापतिमा रोचक पक्ष के छ भने करिब तीन दशकअघि काठमाडौंको बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटम आफैलाई पढाएका शिक्षक रहेका श्यामकृष्ण खड्गीका विद्यार्थी गगन थापा थिए । शिक्षक–विद्यार्थीको पुरानो सम्बन्ध अहिले कांग्रेसको नेतृत्वका लागि राजनीतिक प्रतिस्पर्धामा आइपुगेको छ ।  जीत गुरुको की चेलाको हेर्न बाकी छ ।
वरिष्ठ उप सभापतिमा एक जनाको मात्र उम्मेदवारी परेको छ । विश्व प्रकाश शर्माको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन । वरिष्ठ उपसभापतिको पद यसपटक कांग्रेसमा नयाँ थप गरिएको हो। महिला उपसभापतिमा पनि एक जनाको मात्र उम्मेदवारी परेको छ। पुष्पा भुसालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी छन ।
यसैगरी खुला उपसभापतिका लागि ९ जनाको उम्मेदवारी परेको छ भने २ जना निर्वाचित हुनेछन्। उम्मेदवारी दिनेमा डा. चन्द्रकान्त भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, ई.मधु आचार्य, डा.मिनेन्द्र प्रसाद रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र प्रा. डा.चन्द्रमोहन यादव छन ।
समावेशी उपसभापतिमा ५ जनाको उम्मेदवारी परेको छ भने १ जना निर्वाचित हुनेछन । जीवन परियार, फर्मुल्लाह मन्सुर, विनोद कुमार चौधरी, सीता गुरुङ र रन्जित कर्णले उम्मेदवारी दिएका छन ।  कांग्रेसमा कुल पाँच उपसभापति निर्वाचित हुनेछन् एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, दुई खुला उपसभापति र एक समावेशी उपसभापति  छ ।
महामन्त्रीमा ११ जनाको उम्मेदवारी
कांग्रेसले यसपटक महामन्त्रीको संख्या दुईबाट बढाएर तीन र्पुयाएको छ । तीन महामन्त्रीमध्ये दुई जना खुला र एक जना महिला कोटाबाट निर्वाचित हुनेछन । खुल्ला महामन्त्रीमा ८ जनाको उम्मेदवारी परेको छ । प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन मगर, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल कुमार शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन । उनीहरूमध्ये २ जना निर्वाचित हुनेछन । त्यस्तै महिला महामन्त्रीमा ३ जनाको उम्मेदवारी परेको छ । डा डिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रिता खनाल मध्ये १ जना निर्वाचित हुनेछन । यसरी महामन्त्रीका तीन पदका लागि कुल ११ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसले सहमहामन्त्रीको संख्या पनि बढाएर १५ र्पुयाएको छ । नयाँ व्यवस्था अनुसार १५ मध्ये ४ जना सभापतिबाट मनोनित हुनेछन, जसमा एक महिला रहने व्यवस्था गरिएको छ । बाँकी ११ पदमा निर्वाचित हुनेछ । सहमहामन्त्रीमा ३२ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेस सहमहामन्त्रीका उम्मेदवारहरु महिलातर्फ नानु मैया बास्तोला, प्रतिमा गौतम २ जना उम्मेदवारी परेको छ ।
खुल्लातर्फमा अजय बाबु सिवाकोटी, अमृत कुमार अर्याल, देवेन्द्रराज कँडेल, दिनेश कोईराला, डिल्लीराम सुवेदी, बिकास कोईराला, विमलराज क्षेत्री रमेश प्रसाद धमला, रामहरी खतिवडा र राजिव ढुंगाना गरी १० जना प्रतिस्पर्धामा रहेका छन ।
सहमामन्त्रीमै पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही, कर्ण बहादुर बुढा, जनकराज गिरी, राम बहादुर विष्ट, नारायण प्रसाद भट्टराई, मीन बहादुर भाम र राजन कुवर गरी सात जना प्रतिस्पर्धामा छन ।
 सहमामन्त्रीमै खस–आर्य जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत गरी तीन जना प्रतिस्पर्धामा छन ।
सहमामन्त्रीमै मधेशी तर्फ अजय कुमार चौरसिया, अभिषेक प्रताप शाह, किरण यादब ,नगिना यादब मनिष कुमार मिश्र, महेन्द्र यादब, मुक्ता कुमारी यादब र राम पल्टन साह गरी ८ जनाको उम्मेदवारी परेको छ ।
 आदिवासी जनजातिमा ओम बहादुर घर्ति मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रसान्तमान सिंह मास्के,  बहादुरसिंह लामा तामाङ गरी पाँच जना रहेका छन ।
सहमामन्त्रीमै  थारू तर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्र चौधरी गरी तीन जना प्रतिस्पर्धामा छन ।
सहमामन्त्रीमै अल्पसंख्यक वा अपाङतामा आङगेलु शेर्पा, नगेन्द्र कुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली गरी चार जना रहेका छन ।
सहमामन्त्रीमै मुस्लिमतर्फ  अतहर कमाल मुसलमान, डा. मो. फिरदोस आलम गरी तीन जना प्रतिस्पर्धामा छन ।
सहमामन्त्रीमै दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाईली स्नेही , मानबहादुर नेपाली र लक्ष्मी परियार गरी ४ जनाको उम्मेदवारी परेको छ  । ११ पदमा निर्वाचन हुदैछ भने बाँकी ४ जना सभापतिले मनोनयन गर्ने व्यवस्था हो। विधान संशोधनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारी सहित २९७ सदस्यीय हुने भएको छ ।
उम्मेदवारीमा पुनर्विचार गर्न गगनको आग्रह
सभापतिमा उम्मेदवारी दर्ता गरेपछि कांग्रेस सभापति गगन थापाले एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा पार्टीका महत्वपूर्ण नेताहरू निर्वाचनमा पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। उनले लामो समय पार्टीमा योगदान दिएका नेताहरूलाई विभिन्न कमिटीमा समेटेर लैजानुपर्ने भन्दै उम्मेदवारीका विषयमा पुनर्विचार गर्न आग्रह गरे। थापाले निर्वाचनमा पराजित हुँदा नेताहरूको राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै केन्द्रीय सदस्यका सबै प्रत्यासीलाई उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन आग्रह गरेका छन्।
मुख्य प्रतिस्पर्धा सभापतिमा ३ जनाबीच प्रतिस्पर्धा हुँदैछ भने खुला र समाबेशी उपसभापति र महामन्त्रीका पदमा पनि उम्मेदवारको संख्या धेरै छ । वरिष्ठ उपसभापति र महिला उपसभापतिमा भने एकल उम्मेदवारी परेकाले दुवै निर्विरोध निर्वाचित भएका छन । सदस्यमा उम्मेदवारी परेकाहरुको नाम  pdf  मा  छ ।
शेयर