बारागढी गाउँपालिकामा पाँचदिने ‘स्टार्ट एण्ड इम्प्रुभ योर बिजनेस तालिम सम्पन्न

तराईसंचार
191 पाठक संख्या
पठन समय 2 मिनेट
लक्ष्मी खरेल
कलैया । बाराको बारागढी गाउँपालिकामा २५ जना नयाँ साना व्यवसायीहरुलाई लक्षित गरी पाँच दिने ‘स्टार्ट एण्ड इम्प्रुभ योर बिजनेस तालिम सम्पन्न भएको छ ।
चाइल्ड एड नेटवर्कको सहयोगमा दलित जनजाति उत्थान केन्द्र बाराको आयोजनामा तालिम सम्पन्न भएको हो । सन्चालित तालिममा सिमान्तकृत वर्गका लागि आर्थिक अवसर अभिवृद्धि परियोजना अन्तर्गत सो तालिम १२ अगस्टदेखि १६ अगस्टसम्म गाउँपालिकाको वडा नं.३ को सभा कक्षमा सम्पन्न गरिएको हो ।
वडा नं. २, ३ र ४ बाट  आएका १३ महिला र १२ पुरुष गरी २५ जना लाई तालिम दिईएको हो । पाँच दिनसम्म व्यवसाय सञ्चालन र सुधारका विविध विषयमा सिकाइ प्राप्त गरेका सहभागीहरुलाई अन्तिम दिन औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो ।
तालिम आईएलओ प्रमाणित प्रशिक्षक रामअधार प्रसाद यादवले सञ्चालन गर्नुभएको थियो भने सरोज कुमार सिंह सह–प्रशिक्षकका रूपमा रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक डा अजय कुमारले सफल व्यवसायी बन्न आर्जित ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने भन्दै आम्दानीका अवसरलाई विस्तार गर्न सहभागीहरुलाई प्रेरित गर्नुभयो ।
त्यसैगरी वडा नं ३ का अध्यक्ष उमेश प्रसाद साहले सहयोगलाई सदुपयोग गर्दै पैसाको मूल्य र सिद्धान्तलाई आत्मसात गरी समुदायमा आदर्श बन्न आग्रह गर्दै यस तालिमलाई महिला, पुरुष र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुकालागि सुनौलो अवसर भएको उल्लेख गर्नुभयो ।
दलित जनजाति उत्थान केन्द्रका कार्यकारी निर्देशक ओमप्रकाश ठाकुरले यसलाई बारागढी गाउँपालिकाको लागि पाइलट अभियान भन्दै आगामी दिनमा सबै वडामा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागीहरुको उत्साह र सक्रिय सहभागिता भएको आयोजकले जनाएको छ । तराई सञ्चार रा. दैनिक
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *