स्रोत नखुलेको १३ लाख नगदसहित सिमराबाट एक युवक पक्राउ

तराईसंचार
266 पाठक संख्या
पठन समय 1 मिनेट

सिकेन्द्र पासवान
बारा ३० जेठ
बारामा स्रोत नखुलेको रकम(हुण्डी) सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका. २ एयरपोर्ट रोड स्थितमा बिशेष सूचनाको आधारमा ईलका प्रहरी कार्यालय सिमराका डिएसपी बेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले जिल्ला पर्सा विरगंज महानगरपालिका.१६ बस्ने बर्ष २० को सुरज कुश्वाहाले कालो रंगको भिर्ने झोला पिठ्युमा बोकी शंकस्पद तरिकाले सिमरा चौक देखि एयरपोर्ट तर्फ जादैँ गरेको अवस्थामा निजलाई रोकी निजले बोकेको कालो रंगको भिर्ने झोला तथा निजको शरीर खानतलासी गर्दा स्रोत नखुलेको १३ लाख ७ हजार ५ सय रुपैया बरामद भएको प्रहरी उपरिक्षक सन्तोष तमाङले जनाकारी दिनुभयो ।

 चेकजाँच गर्दा उक्त झोला भित्र स्रोत नखुलेको नगद ने.रु. १००० दरको नोट १०६७ थान , ने.रु.५०० दरको नोट ४८० थान र ने.रु १०० दरको नोट ५ थान समेत गरी जम्मा ने.रु.१३,०७,५००(तेह्र लाख सात हजार पाँच सय) रुपैँया र बिभिन्न बिल भौचर कागजातहरु तथा सागर मनि ट्रान्सफर बीरगंज लेखिएको स्टाम्प समेत फेला पारी कानून बमोजिम हुण्डी कारोबार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता भई आवश्यक अनसुन्धान कार्य भईरहेको प्रहरी उपरिक्षक तमाङले भन्नुभयो । ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *