वडा अध्यक्ष साहको दाह संस्कार सम्पन्न, नेका प्रदेश उपसभापति यादवद्धारा श्राद्धञ्जली अर्पण

तराईसंचार
348 पाठक संख्या
पठन समय 2 मिनेट

कलैया । बाराको बारागढी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ४६ वर्षीय निरज साह तेलीको हिन्दु परम्परा अनुसार स्थानिय खोलामा दाह संस्कार गरिएको छ ।

नेपाली काँग्रेस मधेस प्रदेशका ृउपसभापति चन्द्रशेखर कुमार यादवले नेपाली काँग्रेसको चारतारे झण्डा साहको पार्थिव शरिरमा ओढाएर अन्तिम श्राद्धञ्जली अर्पण गरेपनि मृतक साहका छोराले आगवती दिएपछि दाह संस्कार गरिएको नेपाली काँग्रेस बारागढी वडा नम्बर ६ का सभापति अजय साहले जानकारी दिए ।

साहको मृत्यूले पार्टीमा अपुरणिय क्षति पुगेको बताउदै उपसभापति यादवले उनले पार्टीलाई दिएको योग्दान सधैव सम्झी रहने कुरामा जोड दिएका थिए । मृत आत्माको चिर शन्तिको कमना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारणका लागि भगवान पशुपति नाथले शतिm प्रदान गरुण भने उपसभापति यादवले कमना समेत गरेका थिए ।

वडा अध्यक्ष तेलीको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा विहीबार राति निधन भएको थियो ।परिवारिक श्रोतका अनुसार उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका थिए । उनी बारागढी गाउँपालिका–६ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

उनको दुई छोरी, १ छोरा र श्रीमति रहेको छ । साहलाई नेपाल पत्रकार महासंघका कन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारागढी गाँउपालिकाका अध्यक्ष अशोक प्रसाद जयसवाल, उपाअध्यक्ष लक्ष्मीदेवी राय, वडा अध्यक्षहरु, कर्मचारी, नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधी शैलेन्द्र फौजदार लगायतकाले श्राद्धञ्जली अर्पण गरेका थिए ।

गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले एक विज्ञप्ति जारी गर्दै स्व. साहप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै उहाँको अन्त्येष्टि कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागिता जनाउन आग्रह गरिएको छ ।

गाउँपालिकाले कात्तिक १४ गते शोक विदाको घोषणा गरेको छ । सोही दिन गाउँकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय र गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी निकायहरु बन्द रहनेछन् । साथै, स्व= साहको सम्झनामा राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरिएको छ । सम्पूर्ण बारागढी गाउँवासी र जनप्रतिनिधिहरूले उहाँको योगदानको स्मरण गर्दै गहिरो शोक प्रकट गरेका छन् ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *