प्रदेशले युवाको नाममा ५ अर्ब जलाउने निर्णय स्वीकार्य छैन– जेन्जी टु प्वान्ट जिरो 

तराईसंचार
615 पाठक संख्या
बारा । जेन्जी टु प्वान्ट जिरोले मधेश प्रदेश सरकारले घोषणा गरेको ’२ हजार युवा अनुदान योजना’ सम्बन्धमा कडा विरोध जनाएको छ ।
मधेश प्रदेश सरकार तथा नेकपा एमालेका मुख्यमन्त्रीद्वारा हालै सार्वजनिक गरिएको “बैचलर पास युवालाई महिनामा २ हजार अनुदान योजना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जेन्जी टु प्वान्ट जिरो बाराका अध्यक्ष मन्दिप दुवेले प्रेस विज्ञप्ती मार्फ जनाएका छन ।
प्रचारमुखी यस्ता योजनाको नाममा महिनामा ३५–४० करोड र वर्षमा करिब ५ अर्बभन्दा बढी सार्वजनिक धन खर्चले अहिलेको वर्तमान आर्थिक अवस्था, बेरोजगारीको दर र विकासका दृष्टिले अत्यन्त नै गैरजिम्मेवार, गैरव्यावहारिक रहेको जनाएका छन ।
युवालाई २ हजार बाँडेर विकास हुँदैन, रोजगारी सिर्जना गरेर मात्र भविष्य सुरक्षित हुन्छ । अनुदानको रुपमा वितरण गरिने ठूलो रकम भ्रष्टाचार, दुरुपयोग र राजनीतिक स्वार्थमा परिचालित हुने भएकोले खारेज गर्न माग गरिएको छ । प्रदेश सरकारको यो निर्णय युवा क्षमता कमजोर बनाउने, उनीहरुलाई निर्भर बनाउने र राज्यको ढुकुटी अनुत्पादक रूपमा खर्च गर्ने गलत अभ्यास भएको बताएको छ ।
वास्तविक सहायता आवश्यक समूह बृद्धबृद्धा, किसान, श्रमिक लाई बेवास्ता गरेर युवालाई भुलभलैयामा राख्न खोजेको बताएका छन । सरकारसँग दान, राहत वा भत्ता होइन काम, अबसर, सीप, उद्योग र सुरक्षित भविष्य आबश्यक भएको उनीहरुले बताएका छन ।
तर मुख्यमन्त्रीले (नेकपा एमाले) ल्याएको यो योजना युवाको समस्या समाधान होइन, जनताको करको दुरुपयोग र भ्रष्टाचार गर्ने सोच भएको भन्दै निन्दा तथा कड़ा विरोध गरेको छ । सा तराई सञ्चार रा. दैनिक
शेयर