बारामा आधा दर्जन बढी रास्वपा नेता कार्यकर्ताले पार्टी परित्याग गरे 

तराईसंचार
101 पाठक संख्या
पठन समय 2 मिनेट
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा बाराबाट परित्याग गर्नेको संख्या बढ्न थालेको छ । दुई दिन अघि बाराकै मधेश प्रदेश संस्थापक अध्यक्ष ममता शर्माले पार्टी परित्याग गरी काग्रेस प्रवेश गरेको केही दिन नपाउदै फेरी संस्थापक मधेश प्रदेशका सहसचिब एवम संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् । यसअघि बारा क्षेत्र नम्बर ३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर ४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदिप गुप्ताले समेत पार्टी छाडेको जिल्ला सभापति चन्दन स्वर्णकारले जानकारी दिएका छन ।
चौधरी २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार थिए । चौधरीले दल परित्याग गर्नुको कारण उम्मेदवार चयन रहेको बताईएको छ । २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश भएका चौधरीले विधि विपरीत उम्मेदवार चयन गरेको आरोप लगाएका छन ।
चौधरीले अघिल्लो प्रतिनिधिसभामा उम्मेदवार बनेका मधेशका २५ उम्मेदवारहरू मध्ये सबैभन्दा बढी मत ल्याएका थिए । चौधरी समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा चौधरीले पार्टी छाड्दा त्यसको प्रभाव उम्मेदवारमा पर्ने रास्वपा बाराका सभापति स्वर्णकारको भनाइ छ ।
हाल जिल्ला कमिटिका सहसचिव समेत रहेका चौधरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् । आसन्न निर्वाचनका लागि बाराका तीन वटा निर्वाचन क्षेत्रमा अन्य दलका व्यक्ति ल्याएर टिकट दिइएपछि बारामा रास्वपाका संस्थापकहरूले धमाधम पार्टी छाडन लागेका हुन । संगठन विभाग प्रमुख चौधरी रास्वपा गठनको पहिलो दिनबाटै संगठित भएका थिए । रास्वपाले बाराका चार मध्य तीन क्षेत्रमा नयाँ व्यक्ति प्रवेश गराएर उम्मेदवार बनाएको छ । जनता समाजवादीबाट आएका चन्दन सिंह बारा–२ मा उम्मेदवार छन् । बारा ३ मा कुलमान घिसिङको उज्यालो नेपालका केन्द्रीय सदस्य रहेका अरविन्द सिंह र बारा ४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्साका रहबर अन्सारीलाई ल्याएर रास्वपाले उम्मेदवार बनाएको छ । बारा १ मा भने रास्वपाका प्रदेश सहमहामन्त्री गणेश धिमाल उम्मेदवार छन् । धिमाल अघिल्लो पटक पनि उम्मेदवार बनेका थिए ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *