आदर्श कोतवाल गाउँपालिकाले ७७८ जना कृषकका कृषि मिटरको विधुत महसुल भुक्तानी

तराईसंचार
224 पाठक संख्या
पठन समय 1 मिनेट

कलैया : कृषिमा आधारित जीवनयापन गरिरहेका किसानहरूलाई राहत दिने उद्देश्यले बाराको आदर्श कोतवाल गाउँपालिकाले ७७८ जना कृषकका कृषि मिटरको विधुत महसुल आफैँ तिरेको छ। गाउँपालिकाले २०८१ साउनदेखि २०८२ असारसम्मको अवधिका लागि कुल १९ लाख ९५ हजार ८०८ रुपैयाँ बराबरको चेक नेपाल विधुत प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रलाई बुझाएको हो। सो चेक गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साह स्वयंले हस्तान्तरण गरेका हुन्। यस कार्यले कृषकहरूको आर्थिक भार केही हदसम्म कम गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसियाले बताउनु भयको छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *