धनुषा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा आलोपालो सरकार बनाउने सहमति अनुसार छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ ।
नेपाली काग्रेस पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो । उहाँले अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरी सरकार परिवर्तन गरी काग्रेस नेतृत्वमा सरकार बन्छ उहाँले बताए ।
सो अबसरमा अवसरमा नेताहरू काग्रेस केन्द्रिय सदस्य एवम पुर्व उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शेउवाले सरकार सहमतिमै चल्नेमा शंका नगर्न आग्रह समेत गर्नु भएको छ ।




