निजगढमा बालबालिकाहरुको अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्र्थापना शिविर हुने

तराईसंचार
358 पाठक संख्या
पठन समय 1 मिनेट

निजगढ । विकलाङ मित्र समुह अपाङ बाल अस्पताल तथा पुनरस्थापना केन्द्र एचआरडिसी बनेपा काभ्रेको आयोजना र निजगढ नगरपालिकाको समन्वय तथा सहयोगमा शारिरिक अपाङता भएका बालबालिकाहरुका लागि निःशुल्क शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्थापना शिविर हुने भएको छ ।

आगामी असार १४ गते निजगढ ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना हुने सो शिविरमा १८ बर्षसम्मका बालबालिकाको शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनस्थापना शिविर हुने भएको हो ।

शिबिरमा जन्मजात खुट्टाको पैतलाभित्र फर्केको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो, हड्डी नजोडिएको, खुट्टा लुलो र कमजोर भएको समस्याको पहिचान तथा उपचार गरिने निजगढ नगरपालिका महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरीक्षक रोजी श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँङग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको, हड्डी पाकेर पिप आईरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरु एक (आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएर सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरुलाई सेवा उपलब्ध गराइने सहायक महिला विकास निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

https://www.facebook.com/share/v/1AmBpt8TVH/

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *