बालक सुर्य साहको मुटुमा प्वाल, परिवारद्धारा सहयोगको अपिल, नेबिसंघ निजगढद्धारा ज्यान बचाउन आर्थिक सहयोग

तराईसंचार
796 पाठक संख्या
पठन समय 1 मिनेट

निजगढ । बाराको निजगढ नगरपालिका वडा–९ का एक निम्न बर्गिय परिवारका २ बर्षिय बालक सुर्य साहको मुटुमा प्वाल परेको र गम्भीर समस्या भएपछि ज्यान बचाउन परिवारले सहयोगको अपिल गरेपछि नेपाल बिद्यार्थि संघ निजगढले विहिवार एक कार्यक्रम ७ हजार १ सय प्रदान गरेको छ ।

आर्थिक सहयोग कार्यक्रममा निजगढ नेविसंघका सभापति ईश्वर सापकोटा, नेपाल विद्यार्थी संघ जिल्ला बाराका प्रवक्ता मनिष चौधरी , गौरी शंकर क्याम्पस ईकाई सभापति दावा लामा, नेपाल विद्यार्थी संघ निजगढ कार्य समिति , स्वतन्त्र विद्यार्थी युनियन गौरी शंकरका विद्यार्थीहरू लगायतले विपन्न बालकलाई सहयोग गरी मानवीय सहयोग गरिदिन आग्रह गरेका छन ।

केही समय देखि गंगालाल अस्पताल, बासभारी काठमाडौंमा नियमित उपचार गराई रहेका साहको परिवारको रकम अभावमा उपचार प्रभावित भएको छ । खर्च अभाव भएपछि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन ।

केही समय देखि उपचार गर्दै आएका भएपनि मुटुमा प्वाल भन्ने गम्भीर समस्याबाट पिडित बनेका उनको बुवा अर्जुन साहले बताए । हरेक महिनाको दुइ पटक सम्म गंगालाल अस्पताल, बासवारी काठमाडौं जानुपर्ने पिडितकी आमा पृति साहले बताउनु भएको छ । हामी निम्न बर्गका रहेको र सहयोगका लागि विभिन्न ठाउँ गएपनि अहिलेसम्म कतैबाट सहयोग नआएको उनले बताए ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *