बारा । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। बाराको सुवर्ण गाउँपालिका–२, कवही जगत निवासी यादवको बुधबार वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
लामो समयदेखि मधुमेहबाट पीडित ७२ वर्षीय यादव २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको टिकटमा विजयी भएका थिए।
जिल्ला कांग्रेसका आधारस्तम्भ मानिने यादव पार्टीका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्यसमेत थिए।
उनका दुई छोरा, दुई छोरी र श्रीमती छन्। उनका छोरा डा. जितेन्द्र यादवका अनुसार आज दिउँसो १ बजे कवही गाउँमै अन्तिम संस्कार गरिनेछ।