मालपोत कार्यालय कलैयामा सिडिओ मिश्रको छड्के अनुगमन

तराईसंचार
24 पाठक संख्या
पठन समय 1 मिनेट

बारा। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखहरूको संयुक्त टोलीले भूमि सुधार तथा मालपोत कार्यालय कलैयामा अनुगमन तथा निरीक्षण गरेको छ। सरकारी कार्यालयहरूबाट हुने सेवा प्रवाहलाई पारदर्शी, छिटो–छरितो र जनमैत्री बनाउने उद्देश्यका साथ सोमवार प्रजिअ सहितको टोलि मालपोत कार्यालय पुगेको हो।

अनुगमनका क्रममा टोलीले मालपोत कार्यालयको आन्तरिक व्यवस्थापन, कर्मचारीहरूको उपस्थिति, कार्य सम्पादनको अवस्था र सेवाग्राहीले भोग्नुपरेका समस्याबारे प्रत्यक्ष जानकारी लिएको थियो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी मिश्रले कार्यालयका विभिन्न फाँटहरूमा पुगी कर्मचारीहरूलाई सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न र कानुनसम्मत कामलाई प्राथमिकता दिन निर्देशन दिएका हुन। उनले जनताले सास्ती खेप्नुपर्ने अवस्था आएमा सम्बन्धित कर्मचारी नै जिम्मेवार हुने स्पष्ट पारेका छन्।

निरीक्षणकै क्रममा कार्यालय परिसरमा अनाधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई भ्रममा पार्ने र काम छिटो गराइदिने बहानामा रकम असुल्ने काम भए/नभएको समेत अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, मालपोत कार्यालय बाराका प्रमुख सालिकराम ढकाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, र राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला लगायतको उपस्थिति रहेको थियो।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *