निजगढमा एक महिने श्रीमद् बितक चर्चा तथा श्रीकृष्ण कथा महायज्ञ सुरु

तराईसंचार
246 पाठक संख्या

निजगढ । बाराको निजगढ–६ स्थित प्रणामीनगरमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको आयोजनामा एक महिने श्रीमद् बितक चर्चा एवं श्रीकृष्ण कथा कार्यक्रम सोमबारदेखि भव्य रूपमा सुरु भएको छ।

कार्यक्रमको उद्घाटन मधेश प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले दियो प्रज्वलन तथा कार्यक्रमको ब्यानर अनावरण गरी गर्नुभयो। कार्यक्रममा प्रणामी समाजका प्रखर विद्वान शास्त्री नविनकृष्ण ढुङेल उपाध्यायले आपनो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष यादव प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथि निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले नगरको तर्फबाट सक्दो सहयोग गरी रहेको बताउनु भएको छ ।
त्यसैगरी समाजसेवी केशव राउतले धार्मिक, सामाजिक तथा नैतिक मूल्यहरूको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभयो।

आयोजकका अनुसार एक महिनासम्म प्रत्येक दिन दिउँसो श्रीमद् बितक चर्चा तथा श्रीकृष्ण कथा सञ्चालन हुनेछ भने रातिको समयमा भजन–कीर्तन आयोजना गरिनेछ।

धार्मिक आस्था, आध्यात्मिक ज्ञान र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ। कार्यक्रमको सञ्चालन सचिब प्रकाश सापकोटाले गर्नु भएको थियो ।

शेयर