बेलवा धोधर्पा स्कुलका प्रधानाध्यापक चौधरीको निधन, अन्तिम श्रदान्जली

तराईसंचार
299 पाठक संख्या
जितेन्द्र चौधरी
कोल्हबी । नेपाली काङ्ग्रेसका सह महामन्त्री एवम पुर्व मन्त्री उमाकान्त चौधरीका दाजु  रामाकान्त चौधरीको ५९ बर्षको उमेरमा शुक्रवार निधन भएपछि चौधरीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न स्थानीयको उल्लेख्य उपस्थिति रहेको छ ।
स्वर्गीय रामाकान्त चौधरी श्री ने रा मा बि कोल्हवी ७ बेलवा धोधरपाका प्रधानाध्यापक र समाजसेवी समेत भएकोले स्थानीयको बाक्लो उपस्थिती भएको हो । उहाँको  निधनले यस बिधालयलाई गहिरो चोट पुगेको बिधालयका निमित्त  प्रधानाध्यापक पुनम चौधरीले जानकारी दिनु भयो।
स्वर्गीय चौधरीको श्रद्धाञ्जली अर्पण गर्न गर्न नेपाल शिक्षक संघ बाराका जिल्ला अध्यक्ष राजकिशोर सहनी, प्रदेश सभासद माला लामा, नेपाली काङ्ग्रेस बाराका सभापति  राजेश राय यादव, नेपाली काङ्ग्रेस कोल्हवी नगरकमिटी सभापति बिरेन्द्र प्रसाद चौधरी, उपसभापति बसन्त चौधरी, कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, उप प्रमुख लक्ष्मी कुमारी चौधरी, वडा न ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी, वडा न ७ का वडा अध्यक्ष सलाउदिन अन्सारी ,वडा न १० का वडा अध्यक्ष कुन्ज बिहारी चौधरी ,वडा न ११ का वडा अध्यक्ष नन्दकिशोर चौधरी ,बारा गढी गा पा का पुर्व अध्यक्ष देवदत बच्छार थारु लगाएत आफन्त जन तथा शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो । स्वर्गीय चौधरी करिब १ बर्ष देखि मृगौला रोगबाट पीडित रहनु भएको थियो । स्वर्गीय चौधरीको एक छोरा तीन छोरी रहेका छन । तराई सञ्चार
शेयर