सेनाको बारामा पनि गस्ती शुरु, घरबाहिर ननिस्कन अनुरोध, बारामा सरकारी कार्यालय, सत्तासिन दलहरुको पार्टी कार्यालय स्थानीय सरकारका प्रमुख उपप्रमुख र सांसदहरुको घरमा तोडफोड र आगजनी

तराईसंचार
423 पाठक संख्या
पठन समय 2 मिनेट
बारा । जेन्जीको प्रदर्शनका कारण ठुलो धनजनको क्षति पछि नेपाली सेनाले बारामा पनि गस्ती शुरु गरेको छ । सेनाली कर्फयुको समयमा घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै माईकिङ समेत गरीरहेको छ ।
प्रमुख शहर र बजार केन्द्रहरुमा नेपाली सेनाले गाडीमा गस्ती र सेना उतारेको हो । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आज बिहानदेखि फेरी कर्फु जारी गर्नु भएको छ ।
बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्मका लागि प्रमुख जिल्ला अधिकारीले बारा जिल्लाभरीनै कर्फु जारी गर्नु भएको हो । हिजो बारामा सरकारी कार्यालय, सत्तासिन दलहरुको पार्टी कार्यालय स्थानीय सरकारका प्रमुख उपप्रमुख र सांसदहरुको घरमा तोडफोड र आगजनी भएपछि थप क्षति हुन नदिन बिहानदेखिनै कर्फु जारी भएको हो ।
हिजो भएको हिंसंक आन्दोलनमा उपराष्ट्रपति रामसहाय यादबको कलैया स्थित घर, सभासद ज्वाला साहको पिलुवा स्थित घर, किसान श्रेष्ठको सिमरा स्थित घर, सभासद अच्युत मैनालीको कोल्हवी स्थित घरमा तोडफोड र आगलागि भएको छ । त्यसैगर निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, बिश्रामपुर गाँउपालिका, कोल्हवी नगरपालिका लगायतमा तोडफोड र आगलागि भएको छ
प्रदर्शनकारीहरुले सबै राजनैतिक दल नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र , जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सबै पार्टीको कार्यालयहरुमा पनि आगलागि भएको छ । सिमरामा ईलाका प्रशासन र नगरप्रमुखको गाडीमा प्रदर्शनकारीले आगो लगाई जलाएका छन । त्यसैगरी सिमरास्थित आन्तरिक राजस्व र वन कार्यालयमा पनि आगलागि भएको छ । बाराको निजगढमा रहेका सबै पार्टी कार्यालय र वडा कार्यालयहरु सबैमा प्रदर्शनकारीहरुले आगो लगाई जलाएका छन ।
कलैयामा रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा पनि तोडफोड र आगलागि भएको थियो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *