बाराका बाढीपीडित १५० परिवारलाई राहत वितरण

तराईसंचार
294 पाठक संख्या
पठन समय 1 मिनेट

बारा – बारा जिल्लाका बाढी प्रभावित एक सय पचास घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ । जिल्लाको महागढीमाई नगरपालिका, करैयामाई र देवताल गाउँपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिएको हो ।


सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, जन जागरण युवा क्लब (जेजेवाइसि) बाराको सहजीकरण तथा स्थानीय पालिका र जिल्ला प्रकोप व्यवस्थापन समिति बाराको समन्वयमा राहत वितरण भएको हो ।


गत शनिबार परेको आरिघोप्टे वर्षाबाट प्रभावित परिवारलाई त्रिपाल, झुल, सरसफाई सामग्री, भाडाकुडा सेट, डिगनिटी किट, शून्यदेखि पाँच वर्ष तथा ३ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका लागि बेबी प्याक वितरण गरिएको हो ।


महागढीमाई नगरपालिकाको अच्युत प्रा.वि.र श्री ने.रा.मा.वि. बबुआइनमा सम्पन्न कार्यक्रममा वितरित सामग्रीको प्रयोग र महत्वबारे (जेजेवाइसि) संस्थाका अध्यक्ष भैयाराम यादवले सचेत गराउनुभएको थियो ।


कार्यक्रममा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले राहत सामग्रीले पीडित परिवारलाई तत्कालका लागि सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय वडाध्यक्षहरू, सरोकारवाला निकाय, सुरक्षा निकाय तथा जन जागरण युवा क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

राहत वितरणलाई सहज र मर्यादित बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन, सुझाव पेटिका, र प्राथमिक उपचार बक्सको व्यवस्था गरिएको कार्यकारी निर्देशक डा. श्रीनिवास बैठाले जानकारी दिनुभयो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *