संविधानको असल कार्यान्वयन र राज्य सञ्चालन गर्नेहरूको चरित्र तथा प्रवृत्तिमा परिवर्तन आवश्यक

तराईसंचार
127 पाठक संख्या
निजगढ , संविधान दिवसको अवसरमा बाराको निजगढमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले संविधान बनाउँदैमा मात्र परिवर्तन नआउने भन्दै त्यसको असल कार्यान्वयन र राज्य सञ्चालन गर्नेहरूको चरित्र तथा प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताएका छन ।
संविधानको महत्व, नागरिकका मौलिक अधिकार र संविधानको प्रभावकारी कार्यान्वयनबारे आफ्ना धारणा राख्दै उनीहरुले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन शासकमा दृढ इच्छा शक्ति, उच्च नैतिक निष्ठा र देशप्रतिको जिम्मेवारी आवश्यक रहेको उनीहरूले धारणा राखे ।
  निजगढ नगरपालिकाको आयोजनामा शनिबार भएको कार्यक्रममा विद्यार्थीहरूले असोज ३ गते नेपालीका लागि ऐतिहासिक दिन भएको भन्दै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकार व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनीहरूले संविधानमा नागरिकका मौलिक अधिकार र आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार सुनिश्चित भए पनि नागरिकका आधारभूत आवश्यकता अझै पूर्णरूपमा सम्बोधन हुन नसकेको बताएका थिए । विद्यार्थीहरूले राजनीतिक स्वार्थभन्दा माथि उठेर संवैधानिक सर्वोच्चतालाई स्वीकार गर्नुपर्ने बताएका छन । संविधान परिवर्तन गर्दैमा रातारात देश परिवर्तन नहुने भन्दै उनीहरुले संविधान नागरिकको मौलिक अधिकार संरक्षण गर्ने आधार भएकाले यसको रक्षा र कार्यान्वयनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सोममाया थिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढका सचिव सुरज तिमल्सिना, नेकपा एमाले निजगढका सचिव थानेश्वर सापकोटा, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष सन्तोष दङ्गाल र बिभिन्न निजगढका बिद्यालयका बिद्यार्थिहरुले आफना भनाईहरु राखेका थिए  ।
शेयर