मानव सेवा आश्रम वीरगञ्जले मनायाे ८औँ वार्षिक उत्सव

तराईसंचार
171 पाठक संख्या
पठन समय 2 मिनेट

लक्ष्मी खरेल

वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्जले शनिबार ८औँ वार्षिक उत्सव भव्य रुपमा मनाएकाे छ । आश्रम प्रति सकारात्मक भाव राख्नेहरुकाे बाक्लो उपस्थितिका बिच भव्य रुपमा वार्षिकोत्सव मनाइएको हाे ।

उत्सवलाई सम्बाेधन गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले समाजका लागि अनुकरणीय सेवा दिएकाे उल्लेख गरे ।


वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै मन्त्री पटेलले मानवीय सेवा नै सबैभन्दा ठुलो धर्म भएको भन्दै आश्रमले एक वर्षभरि सडक मठ–मन्दिर र सार्वजनिक स्थलबाट उद्धार गरिएका असहाय व्यक्तिहरूको जीवनमा ल्याएको सकारात्मक परिवर्तनकाे सारहना गरे ।


मन्त्री पटेलले वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको भवन मानवताको मन्दिर भएको उल्लेख गर्दै त्यसका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

उक्त अवसरमा आश्रमले विगत एक वर्षभित्र सञ्चालन गरेका गतिविधि, दाता विवरण तथा आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो।

मानव सेवा आश्रमले सडकबाट उद्धार गरि स्वास्थ्य, सरसफाइ र सुरक्षा सहितकाे दैनिकी दिन गरेका प्रयास र साे सफलताका कथा समेटिएका दृष्य सामग्रीकाे प्रस्तुतिले समारेहकाे वातावरण आत्मीय र भावनात्मक बनेकाे थियो।

समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मानव सेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायत विशिष्ट व्यक्तित्वहरूले मानव सेवा, सामाजिक उत्तरदायित्व र सहकार्यको महत्त्वबारे आफ्ना धारणा राखेका थिए।

उद्योगी एवम् आश्रमका संरक्षक अभिभावक हरि गाैतमकाे अध्यक्षता रहेकाे कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले व्यक्त गरेका थिए । सो अवसरमा आश्रमलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *