सरकारले जेनजी युवाहरुप्रति गलत व्यवहार गरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण 

तराईसंचार
491 पाठक संख्या
काठमाण्डौ । जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटेर पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गलत व्यवहार गरेको भन्दै ध्यानाकर्षण गरेका छन् ।
आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बु, पर्सा जिल्ला संयोजक रजनिश कुशवाहा, रौतहट जिल्ला संयोजक सोनु कुशवाहा, कर्णाली पर्देश संयोजक हिक्मत जंग मल्ल, गण्डकी प्रदेश संयोज लगायत सबै को उपस्थितिमा गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्ने माग समेत गरेका छन ।.
प्रवक्ता लिम्बुले धने ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउँदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठूलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गतेलाई नछोड्नुहोस् भनेको बताउनु भएको छ ।
 प्रवक्ता लिम्बुले युवाहरु सरकारको पर्खाल रहेको बताउँदै सरकारलाई चाहिने सहयोग गर्ने बताए । ‘हामी सरकारको पर्खाल हौँ । सरकारलाई चाहिने सबै कुराको सहयोग गर्न हामी तयार रहेको बताउदै परिणामुखी काम गर्न आग्रह समेत गरेका छन ।
यस्तै, जेनजी २.० संगठनका केन्द्रिय सचिव कुन्दन कुशवाहाका अनुसार हालको सरकारले जेनजी आन्दोलनको माग अनुसार काम नगरेको र जेनजी युवाहरुप्रति गरेको व्यवहार ठिक नभएको बताएका थिए ।  .
उनले भने, ‘जेनजीहरुको सरकार, नागरिकहरुको सरकार, जेनजीको रगतले बनेको सरकारले खासमा सहिद र घाइते परिवारको म्यान्डेट अनुसार, आन्दोलनको म्यान्डेट अनुसार काम गर्नुपर्ने तर अहिले गृहमन्त्री ज्यूले जुन प्रकारले काम गरिरहनु भएको छ यो सरासर गलत हो ।’ उनले पुराना राजनीतिक दलहरुको टार्गेटमा युवाहरु रहेको भन्दै युवालाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको बताए ।
पुराना राजनीतिक दलहरुले हामीलाई टार्गेटमा राखेको बताउदै उनले हामीलाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको छ । हामी शान्ति, सुरक्षा चाहान्छौँ । अहिलेको नागरिक सरकारलाई सघाउन पनि चाहान्छौँ,’ उनले बताए .
शेयर