नेपाली कांग्रेसको चार वटै क्षेत्रिय कार्य समितिलाई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्य पदका आकाक्षीहरुको नाम पठाउन आग्रह  

तराईसंचार
329 पाठक संख्या
कलैया  ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले चार वटै क्षेत्रिय कार्य समितिलाई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्य पदका आकाक्षीहरुको नाम पठाउन आग्रह गरेको छ ।
नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका प्रसाद यादवले प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिलाई उम्मेदवारको नाम सिफारिश गर्न अनुरोध गरेका हुन्। प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गर्न पत्रमा यादवले भनेका हुन ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयल २०८२  मंसिर १७ गतेको परिपत्र अनुसार जिल्ला प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिसको लागि हार्दिक अनुरोध गर्दछौं उनले क्षेत्रीय कार्य समितिमा पठाएको पत्रमा लेखेका छन ।
शेयर