बारामा पनि मनाईयो जलविन्दु सप्ताह 

तराईसंचार
76 पाठक संख्या
पठन समय 1 मिनेट
filter: 0; fileterIntensity: 0.000000; filterMask: 0; captureOrientation: 0; hdrForward: 6; shaking: 0.000000; highlight: 1; algolist: 0; multi-frame: 1; brp_mask: 8; brp_del_th: 0.0058,0.0000; brp_del_sen: 0.1500,0.0000; delta:1; bokeh:1; ispap:1; papproctime: 2026:03:13 15:55:31; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (12, 0);aec_lux: 237.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 34;zeissColor: bright;
निजगढ । बारामा पनि जलविन्दु सप्ताह मनाईएको छ । जलविन्दु रोग र यसले आँखामा पार्ने असर र अपनाउनु पर्ने सावधानीहरुको बारेमा जनचेतना जागाउने उद्धेश्यले प्रत्येक वर्ष मार्च महिनामा विश्वभर जलविन्दु सप्ताह मनाउने गरिएको छ । सोही अवसरमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढ नगरपालिकाका बिभिन्न वडामा रहेका स्वास्थ्य केन्द्र प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
निजगढ नगरपालिका प्रमुख सुरथ पुरीले नगरवासीको आँखा स्वास्थ्यको लागि आँखा अस्पतालसँग सहकार्य गरेर आगी बढ्ने बताउनु भयो । अस्पताल प्रमुख डा. विष्णु हरी मरहठ्ठाले जलबिन्दु रोगको बारेमा जानकारी प्रदान गर्नु भएको थियो । रोगको समयमा पहिचान गर्न के के गर्नु पर्छ, पहिचान भयो भने के गर्ने बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा निजगढ नगरपालिका सबै वडाका गरी ३५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *