भवानीपुर का कुर्मी परिवारको विवाहमा कानु युथको सहयोग, २५ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण

तराईसंचार
25 पाठक संख्या
पठन समय 1 मिनेट
कलैया  । सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कानु युथले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी आर्थिक रूपमा कमजोर एक कुर्मी परिवारलाई विवाह कार्यक्रमका लागि २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
उक्त परिवारकी छोरीको वैशाख १२ गते हिन्दु परम्परा अनुसार विवाह हुने तयारी भइरहेका बेला आर्थिक अभावका कारण समस्या उत्पन्न भएपछि कानु युथ वीरगंजले आवश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।
कानु युथका सचिव श्रवण साह ले समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।
सहयोग सामग्री अन्तर्गत चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, सरसो तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री प्रदान गरिएको उनले जानकारी दिए। कानु युथका अध्यक्ष मनोज साह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य देवेन्द्र साह कानु, कानु समाज बारा का रमेश साह कानु, अजय साह लगायतको सहभागिता रहेको थियो।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *