काठमाण्डौ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपालको संविधानको धारा, ९९ र ९१ को उपधारा, ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।




