बारा । वर्तमान परिस्थितिमा केही व्यक्तिहरूले विभिन्न बहानामा युवाहरूलाई उक्साएर आन्दोलनतर्फ धकेल्ने प्रयास गरिरहेको सन्दर्भमा बारा जिल्लाका सम्पूर्ण साथीहरूलाई कसैको बहकाबमा नआइ संयमित र सचेत रहन हार्दिक अनुरोध जेन्जी अभियन्ता मन्दिप दुबेले आग्रह गरेका छन ।
समाजमा स्थायित्व, शान्ति र विकास कायम राख्न जिम्मेवार नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। यस्ता संवेदनशील समयमा भावनामा बहकिएर कुनै पनि आन्दोलनमा सहभागी हुनु वा अनावश्यक नाराबाजी गर्नुले समाजमा अस्थिरता निम्त्याउन सक्छ। विशेषगरी, बालेन शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध लक्षित आन्दोलन तथा नाराबाजीको प्रयास भइरहेकाले, यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण युवाहरूलाई आग्रह गर्दछु उनले बताएका छन ।
कसैले यस्ता गतिविधि अघि बढाउन खोजेमा, त्यसको प्रतिकार गर्दै आवश्यक परेको खण्डमा प्रहरी प्रशासनलाई सहयोग गर्न पनि युवाहरू आफ्नो(आफ्नो स्थानबाट सजग र तयार रहेको बताएका छन । आजको समय कानुनी शासनको हो। कानुनी अधिकारलाई दुरुपयोग गरेर शक्ति प्रदर्शन गर्ने प्रवृत्ति अब स्वीकार्य छैन। न्याय, पारदर्शिता र जिम्मेवारीको आधारमा अघि बढ्नु नै आजको आवश्यकता हो।
अन्ततः, बारा जिल्लाका सम्पूर्ण युवाहरूलाई शान्ति, अनुशासन र विवेकशीलताको मार्गमा अघि बढदै कसैको उक्साहटमा आएर आफ्नो भविष्य र समाजको स्थायित्व जोखिममा नपार्न आग्रह गरेका छन ।




