पूर्व सदस्य सचिव युवराज लामाद्धारा नेपाली कम्युनिस्ट पार्टी परित्याग

तराईसंचार
242 पाठक संख्या
पठन समय 2 मिनेट

बारा । सितेरियो कराते महासंघका अध्यक्ष, नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले नेपाली कम्युनिस्ट पार्टी परित्याग गरेका छन ।
लामाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै आफू अब कुनै पनि दलमा आबद्ध नरहने र स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा पत्र समेत सार्वजनिक गर्दै औपचारिक रूपमा राजीनामा दिएका हुन् ।
लामाले पार्टीमा लामो समय भूमिका विहीन बनाइएको र गुटगत राजनीतिका कारण अवसरबाट वञ्चित हुनु परेको जनाउदै पार्टी परित्याग गरेका हुन् । उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा युवा तथा खेलकुद विभागका सदस्य रहेका थिए ।
लामाले आफ्नो राजीनामा पत्रमा प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध र माओवादी आन्दोलनले उत्पीडित वर्गको अधिकार, गणतन्त्र स्थापना र धर्म निरपेक्षताका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको भएपनि जिम्मेबारी नपाएको भन्दै राजिनामा दिएका हुन ।
पार्टी छोड्नुको मुख्य कारणका रूपमा लामाले पार्टी भित्र व्याप्त किचन क्याबिनेट, गुटबन्दी र नेताका घर धाउने प्रवृत्तिलाई औंल्याएका छन् । आफू कुनै पनि गुटमा सहभागी नभएको र नेताहरूको घर–घर पुगेर चाकरी गर्ने शैलीमा नलागेका कारण ओझेलमा परेको उनको ठम्याइ छ ।
पार्टीका दुई महाधिवेशनमा कनिष्ठहरूलाई केन्द्रीय सदस्य बनाइएको र एकताका नाममा बाहिरबाट आउनेहरूलाई सिधै पदाधिकारी र पोलिटब्युरोमा समेटिएको तर आफूलाई सधैँ भूमिकाविहीन राखिएकोमा उनले असन्तुष्टि पोखेका छन् । १८ वर्षसम्म पार्टीको हिस्सा भएर काम गरेकोमा गर्व गर्दै उनले अबका दिनमा एक स्वतन्त्र मतदाताको हैसियतमा मात्र रहने स्पष्ट पारेका छन् ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *