दृष्टी सम्बन्धि अपाङगता भएका व्यक्तीहरुका लागि तीन दिने क्रिकेट प्रशिक्षण एवम प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

तराईसंचार
14 पाठक संख्या
पठन समय 2 मिनेट
बारा । दबिएको आवाज बुलन्द होस अपाङगता अधिकार हनन नहोस भन्ने नाराकासाथ दृष्टी सम्बन्धि अपाङगता भएका व्यक्तीहरुका लागि तीन दिने क्रिकेट प्रशिक्षण एवम प्रतियोगितात्मक कार्यक्रममा दृष्टिविहीन मकालु समूह सात विकेटको क्षतिमा ७८ रन जोड्न सफल भएर प्रथम भएको छ ।

त्यसैगरी अन्नपूर्ण दृष्टिविन क्रिकेट समूहले ७९लक्ष्य पूरा गर्न नसकी दोस्रो स्थान हासिल गरेको छ । नगर प्रमुख सुरथपुरीको प्रमुख अतिथ्यतामा सम्पन्न तीन दिने दृष्टिविहीन क्रिकेट प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको हो ।
दृष्टि बिहिन क्रिकेट मधेस प्रदेश समितिका अध्यक्ष महेश साहको  सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख तथा प्रमुख अतिथि सुरथ पुरीले दृष्टिविहीन अपाङहरूको हकहितका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै नगरपालिकाको तर्फबाट आफूले सक्दो सहयोग गर्ने र आगामी दिनमा अझै राम्रो सहयोग गर्ने प्रतिबद्धता ब्यप्त गर्नु भएको थियो । नेपाली काग्रेसका नेता बिष्णु खड्का, समाजसेवी रामकृष्ण घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामा लगायतले शुभकामना ब्यप्त गर्नु भएको थियो ।
विजय तथा सहयोगीहरूलाई प्रमाणपत्र नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोमाया थिङ, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जीवन लामिछाने, वडा अध्यक्षहरू सूर्यबहादुर थापा विशन सापकोटा लगायतले बितरण गर्नु भएको थियो । मधेश प्रदेश नेत्रहिन क्रिकेट संघको आयोजनामा शुरु भएको तीनदिने प्रशिक्षणको उद्धघाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिल बहादुर लामाले गर्नु भएको थियो ।
राष्ट्रिय खेलाडी पृथीवि लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा एमाले नगर अध्यक्ष तिलक लामा, साथी सहकारी युवा क्लबको अध्यक्ष बिपुल लामा, समाजसेवी रामकृष्ण घिमिरे, निजगढ क्रिकेट क्लबका अध्यक्ष निर्मल सापकोटा, नेत्रहिन क्रिकेटका राष्ट्रिय, प्रदेश स्तरका खेलाडीको सहभागिता रहेको थियो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *