पत्रकारिता पुरस्कारबाट बाराकी शारदा पोख्रेल सम्मानित

तराईसंचार
272 पाठक संख्या
बारा । सञ्चार उद्यमी तथा रेड टेलिभिजनकी संस्थापिका स्वर्गीय रामा यादवको पाँचौँ पुण्यतिथिको अवसरमा प्रदान गरिएको “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२” बाटबाराकी शारदा पोख्रेल सम्मानित भएकी छिन । उनी सगै धनुषाकी चान्दनी झा गरी दुई महिला सञ्चारकर्मी सम्मानित भएका हुन् ।
रामा देवी स्मृति प्रतिष्ठान द्वारा सोमबार रौतहट सदरमुकाम गौर स्थित जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित समारोहमा उनीहरुलाई नगदसहित कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो । सम्मानित हुने महिला पत्रकारलाई जनही २६ हजारको नगद राशी र कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो  ।
कार्यक्रममा रेड टेलिभिजनका संस्थापक तथा प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव, जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की तथा पत्रकार प्रभातकुमार झाले पत्रकारिता क्षेत्रमा सुधार र महिला पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको पुरस्कारले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
पुरस्कृत पत्रकारद्वय झा र पोखरेलले पत्रकारिता यात्रामा भोग्नुपरेका चुनौती र पीडालाई स्मरण गर्दै कठिन परिस्थितिका बीच पनि निर्भीकरूपमा पेशामा निरन्तर लागिरहँदा प्राप्त भएको सम्मानले थप हौसला दिएको बताए ।
शेयर