निजगढ । बाराको निजगढ नगरपालिकामा अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री वितरण हुने भएको छ ।
प्रेरणा (शारीरिक पुनस्र्थापना केन्द्र), लालबन्दी, सर्लाहीको आयोजना तथा निजगढ नगरपालिकाको सहयोगमा निजगढ नगरपालिकाको चालु आ.व.को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता सहायक सामाग्री वितरण कार्यक्रम संचालन हुने भएको हो ।
कार्यक्रममा १८ वर्ष भन्दा माथिका अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक परीक्षण तथा सहायक सामाग्री नाप जाँचका लागि तपसिलको मिति, समय र स्थानमा शिविर आयोजना हुने भएकोले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई यही शनिबार निजगढ नगरपालिकाको सभाहल उपस्थित हुन आग्रह गरेको छ ।






