रास्वपा निजगढको अध्यक्षमा सन्जिव भट्टराई बिजयी

तराईसंचार
46 पाठक संख्या
निजगढ । रास्वपा निजगढ नगर समितिको सम्पन्न नगर अधिवेशनले अध्यक्षमा सन्जिव भट्टराईलाई निर्वाचित गरेको छ । सभापतिमा भट्टराई सहित तीन जनाको उम्मेदवारी परेको थियो । नगर अधिबेशनका प्रतिनिधिहरुले निजगढ नगरका १३ जना वडा समितिका अध्यक्षहरुलाई अधिकार दिएपछि १३ जनामा मतदान हुदा पहिलो चरणमा दुई जना बराबरी र एक जनाले एक मत पाएपछि पुन भएको मतदानबाट अध्यक्षमा सात मत सहित भट्टराई निर्वाचित भएका हुन । नारायण शर्माले ६ मत प्राप्त गर्नु भएको थियो ।
उपसभापति पदमा भने एकल उम्मेदवारी परेपछि सबिना बिष्ट निर्विरोध चयन हुनुभएको छ । विष्ट यसअघि पनि नगर उपसभापति हुनुहुन्थ्यो। त्यसैगरी सचिबमा सुरज तिमल्सिना निर्वाचित भएका छन भने महिला सदस्य अमृता पाण्डे, अप्सरा कटवाल र लिला कुमारी भट्टराई र दलित महिला सदस्य यशोदा दर्जि परियार निर्वाचित भएका छन ।
कार्यसमितिको सचिव पदमा सुरजप्रसाद तिमल्सिना र व्दारिका न्यौपानेको उम्मेदवारी परेको थियो । बाकी सदस्य तथा पदहरु पछि मनोनित गरिने जनाईएको छ । सहसचिवमा समुन्द्र नेपाल, सन्तोषप्रसाद ढुङ्गेल, दिनेश न्यौपाने, शान्ताराम खत्री, आशिक लामाको उम्मेदवारी परेको थियो । सदस्यमा दिनेश त्रिपाठी, हरिप्रसाद खरेल, प्रविन श्रेष्ठ, अच्यूत प्रसादा घिमिरे, कृष्णबहादुर न्यौपाने, अभिषेक शर्मा, यमकुमारी सापकोटा, प्रेमबहादुर जिम्मा, रुपक प्रसाद चौलागाई र काजीलाल श्रेष्ठ लगायतको उम्मेदवारी परेको भएपनि पछि सहमति र छलफलबाट टुङग्याउने जनाईएको छ ।
अधिवेशनले २–२ जना केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि तथा ४ जना जिल्ला अधिवेशन प्रतिनिधि समेत चयन गर्ने छ । उद्योग वाणिज्य संघ निजगढको सभा हलमा सम्पन्न अधिवेशनमा नगरका प्रत्येक वडाबाट १५–१५ जना प्रतिनिधि र बहालवाला नगर कार्यसमिति तथा माथिल्लो समितिमा रहेका पदाधिकारीहरुसमेत गरी करिव १५० जना प्रतिनिधिहरु सहभागी रहेका थिए ।
नगर अधिबेशन समापन कार्यक्रमका प्रमुख अतिथि प्रदिप तिमल्सिनाले सम्बोधन गर्दै नव आगन्तुक साथीहरुलाई सम्मान ब्यबहार गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा निर्वाचित भएपछि सन्दिप भट्टराईले सबैलाई समेटेर लैजाने प्रतिबद्धता ब्यप्त गरेका थिए । निर्वाचन अधिकारी मुकुन्द पौडेलले पद नपाउनेहरुलाई समेत समेटेर लैजाने बताउनु भएको थियो । रास्वपा नगर संयोजक तिलक अधिकारीको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्धघाटन बारा क्षेत्र नं. १ का सासद गणेश धिमालले गर्नु भएको थियो ।
शेयर