निजगढ । निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पुर्ण खोप नगर सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । निजगढ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निजगढ नगरपालिकाभित्र बच्चा जन्मदेखि १६ महिनाका बालबालिकालाई नियमित र छुटेकालाई २३ महिनासम्मका सबैलाई पुर्ण खोप प्रदान गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक मणिश्वर घिमिरेले जानकारी दिनु भएको छ ।

पुर्णखोप घोषणाका लागि खोप लगाउन छुटेका बालबालिका खोज र खोप कार्यक्रम सञ्चालन गरी नगरका सबै बालबालिकालाई सबै खोप दिईएको स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिनु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बारा कलैयाका भागरथ चौधरीले पुर्णखोप सुनिश्चितता भएकोमा सबैलाई बधाई दिएका थिए । पुर्ण खोपले सार्थकता पाएकोमा युएमएमका ईश्वर केसीले खुशी प्रकट गर्नु भयो । कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङले र निजगढ नगरका नगर प्रमुख सुरथ पुरीले खोपको महत्वका बारेमा आफना धारणा ब्यप्त गरेका थिए । पुर्ण खोप नगर सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा स्वयमसेविकाहरुले स्वागत गित र सचेतनामुलक नृत्य प्रस्तुत गरेका थिए । स्वास्थ्य शाखाकी नर्सिङ फोकल पर्सन रामप्यारी तिमल्सिनाले स्वागत गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतम, वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख, कर्मचारी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।












