मानिसले चाहे सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन अजय उप्रेति

तराईसंचार
30 पाठक संख्या
निजगढ । मानिसले चाहयो र मेहनत गरे जस्तोसुकै उपलब्धी हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन अजय उप्रेति । निजगढ नगरपालिकाका प्रशासन शाखा प्रमुख अजय उप्रेती लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धा प्रक्रियामार्फत प्रशासन सेवा, लेखा समूह , अधिकृत नवौ, उपसचिव पदमा कलैया उपमहानगरपालिकामा सिफारिस भएको खबरसँगै निजगढवासी, सहकर्मी तथा शुभेच्छुकहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
बारा जिल्लाको निजगढ वडा नं. ४ एक साधारण विपन्न परिवारमा जन्मिएका उप्रेतीले संघर्ष, मेहनत र निरन्तर अध्ययनले आफुले चाहे जस्तो गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन उप्रेती । सीमित आर्थिक स्रोतका बीच पनि शिक्षालाई निरन्तरता दिँदै उनले सार्वजनिक सेवामा प्रवेश गरे र इमान्दार, अनुशासित तथा सेवामुखी कर्मचारीका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका उप्रती यस अघि कोल्हबी नगरपालिकामा र हाल निजगढ नगरपालिकामा कार्यरत छन ।
हाल निजगढ नगरपालिकामा प्रशासन शाखा प्रमुख तथा गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका उप्रेतीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन । कर्मचारीबीच समन्वय, सुशासन प्रवद्र्धन तथा जनसेवालाई प्राथमिकतामा राख्ने कार्यशैलीका कारण उहाँले सहकर्मी र सेवाग्राही दुवैको विश्वास जित्न सफल भएका छन ।
संघर्षपूर्ण यात्राबाट प्राप्त यो उपलब्धिले आर्थिक अभावका बाबजुद मेहनत, लगन र इमान्दारिताले सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको स्थानीयवासीहरूको भनाइ छ । कलैया उपमहानगरपालिकाको लेखा उपसचिबका रूपमा उहाँले नयाँ जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्दै सुशासन र प्रभावकारी वित्तीय व्यवस्थापनमा योगदान र्पुयाउने विश्वास व्यक्त गरिएको छ ।
उहाँको लोकसेवाद्वारा गरिएको सिफारिसले निजगढको मात्रै होइन, संघर्ष गरेर अघि बढ्न चाहने युवा पुस्ताका लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
शेयर