बारामा तीन बर्षिय बालिकाको बलत्कार पछि हत्या करिब तीन घण्टामै दुई पक्राउ

तराईसंचार
89 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;
बारा । कुनैपनि जघन्य अपराधको घटनामा आफै परिचालित हुने प्रहरी उपरिक्षक नरेन्द कुबरको सबल पक्षका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई शव फेला परेको करिब तीन घण्टामै पक्राउ गरेको छ । गएराती करिब ६ बजे शब फेला परेकोमा खोजी कार्यको तदारुकताले ८ः३० बजे दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले पत्रकार सम्मेलन मार्फत पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हुन् । जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी साउन ३१ गतेदेखि हराइरहेकी थिइन । भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी हुन । बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बारा लगायतको टोलीले शव फेला परेको दुई घण्टापछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका –२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको एसपी कुवरले जानकारी दिनु भएको छ । त्यसैगरी म्याजिक धनि जितपुर सिमरा १ बस्ने बर्ष २४ को प्रोग्रेस चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको  एसपी कुवरले जानकारी दिनु भएको छ ।
बालिकाको बलत्कार पछि हत्याको घटनाले स्थानीय आक्रोषित भएका छन । स्थानीयले पथलैया बिरगन्ज सडक खण्डमा टायर बालेर बिरोध समेत गरेका छन । पक्राउ परेकाको सार्वजनिक भएसगै अहिले अबस्था सामान्य रहेको छ । प्रहरीले घटनाको अनुसन्धान तिब्र पारेको जनाएको छ । बलत्कार पछि हत्याको आरोपमा पक्राउ परेका दुवैलाई अदालतबाट चार दिनको म्याद थप भएको छ ।
यस अघि भएका आधा दर्जन हत्या र अपराधका घटनामा पनि उपरिक्षक कुवर आफै पुगेका र छोटो समयमै अपराधीहरु पक्राउ गर्न सफल भएका छन । प्रसौनी पानी उद्योगको घटना, परवानीपुरको महिलाको घटना, निजगढको घटना सबैमा उपरिक्षक कुवर आफै छानविनमा पुगेका हुन । माताहातका निकायलाई पनि क्रियाशिल बनाई हत्या र अपराधका घटनामा बढीमा दुई दिनमा अपराधि पक्राउ गर्न सफल भएका छन ।
शेयर