निजगढ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निजगढ नगरकमिटीको आयोजनाम जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा नेकपा एमाले पोलिट ब्युरो सदस्य पुरुषोत्तम पौडेल प्रमुख प्रशिक्षकको रुपमा निजगढ नगरपालिका वडा न ८ स्थित प्रणामी मन्दिरको सभाहलमा आज सम्पन्न भएको छ । प्रमुख प्रशिक्षक पौडेलले जननेता मदन भण्डारीको तस्बिरमा माल्यार्पण गर्दै ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक पौडेलले बर्तमान समाजमा जनताको बहुदलिय जनवादको महत्वको बारेमा सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्य बारा निर्वाचन क्षेत्र न १ बाट निर्वाचित संघीय सम्सद अच्युत मैनालीले जनप्रतिनिधिले खेल्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षित गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा निजगढ नगर ईन्चार्ज लिलादेवी लामिछाने खनाल, बारा क्षेत्र न १ ( क ) बाट निर्वाचित प्रदेश संसद त्रिलोकी प्रसाद चौधरी, प्रदेश कमिटी सदस्य अम्बिका प्रसाद चौलागाई, बारा जिल्ला कमिटी सदस्य केशव ढोडारी लगायतले प्रशिक्षण मुलक भनाई राख्नुभएको थियो । नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलानको सभाध्यक्षता सम्पन्न भएको कार्यक्रमको स्वागत मनतब्य उपाध्यक्ष सम्झना थापाले गरेको कार्यक्रमको सहजीकरण सचिव थानेश्वर सापकोटाले गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा निजगढ नगरभित्र रहेका पार्टी मधेश प्रदेश कमिटी सदस्य सुदर्शन प्रसाद कोईराला, दुर्गा कोईराला, पार्टी जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी एवम सदस्यहरु, विभिन्न जनबर्गिय सङठनका नेतृत्व गरिरहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।











