गढिमा चौधरीमाथि भएको जघन्य अपराध पछि हत्याको छानविनका लागि हालसम्म नौ जना पक्राउ, नाम सार्वजनिक

तराईसंचार
8 पाठक संख्या
बारा . बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गढिमा चौधरीमाथि भएको जघन्य अपराध पछि हत्याको छानविनका लागि हालसम्म नौ जना पक्राउ परेका छन । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छ ।
परिवारजनले शुरुमा पक्राउ परेका म्याजिक चालक प्रोग्रेस चौधरी र उनका सहचालकलाई जाहेरी दिएको र पछि चार गरी छ जनालाई जाहेरी दिएपनि घटनाको अनुसन्धानका क्रममा थप ब्यक्तीहरु जोडिएकाले उनीहरु सहित नौ जना पक्राउ परेका हुन ।
हालसम्म पक्राउ पर्नेमा म्याजिक चालक प्रोग्रेस चौधरी, ईन्द्रजित चौधरी, वर्ष २५ की पुष्पा चौधरी, वर्ष २६ की ममता चौधरी, वर्ष ४५ को शेख हसमुदिन आलम , वर्ष ४० को टेक बहादुर थापा मगर, वर्ष ३३ को नविन बि.क.र जघन्य अपराधमा सम्लग्न भई हत्या गर्ने दुई बालक गरी नौ जना पक्राउ परेका हुन । पक्राउ परेका चार जना एक घर प्रोग्रेस चौधरीका हुन भने अन्य आलम र विक पसलमा रहेकाले जोडिएका हुन ।
प्रहरी हबल्दार कुमार विक भने भिडियो सार्वजनिक गरेको बिषयमा सोही घटनामा पक्राउ परेसगै दश पक्राउ परेका हुन
प्रहरीको अनुसन्धानको भिडियो सार्वजनिक भएको भिडियोले हत्या जस्तो बिषयमा प्रहरीको एक पछि अर्को कमजोरी देखिएको छ ।
संबेदनशिल बिषयको अनुसन्धानको भिडियो प्रहरीलेनै सार्बजनिक गर्न दिएको घटनाले प्रहरी एक पछि अर्को कमजोरी देखिएको हो । शुरुमा ३१ श्राबण करिब ८ बजे बालिका हराएपछि परिवारले किटानी जाहेरी करिब १२ बजे सोही दिन गरेपनि प्रहरीले शब प्राप्त भएपछि २ भाद्र करिब ९ बजे राती म्याजिक चालक र सहचालक जसमाथि पहिलेनै किटानी जाहेरी परेको थियो उनीहरुलाई पक्राउ गरेको थियो । जाहेरी पर्नासाथ उनीहरुलाई पक्राउ र जाहेरी गरेको म्याजिक चालकको घर खानतलासी समयमै नगरेकोले प्रहरीको लापर्वाही भन्दै हत्याका आरोपी पक्राउ परेपनि सिमराका डिएस्पी र मुद्याका प्रमुखको कार्वाहीको माग भई सरुवा भई सकेको छ ।
फेरी प्रहरीलेनै खिचेको भिडियो प्रहरीबाटै बाहिर सार्वजनिक भएकोले प्रहरीमाथि प्रश्न उठेको हो । सो बारे प्रहरीकै कमजोरी देखिएको घटनामा प्रहरी उपरिक्षक नरेन्द्र कुवरले गम्भिर बिषयको भिडियो बाहिर ल्याउने प्रहरी हवल्दार कुमार विकलाई पक्राउ गरी कार्वाही अघि बढाईएको बताउनु भएको छ । प्रहरीको संवेदनशील अनुसन्धानसँग सम्बन्धित अडिओ–भिडिओ अनधिकृत रूपमा सार्वजनिक हुनु प्रहरीको आन्तरिक प्रोटोकल र अनुसन्धानको गोपनीयतासँग जोडिएको विषय भएकोले प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयको ध्यान जान जरुरी छ ।
  घटनाको अनुसन्धानलाई थप फराकिलो बनाउँदै प्रहरीले घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुनसक्ने व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । बारा जिल्ला अदालत कलैयाबाट पहिलो चरणमा चार दिन र दोस्रो चरणमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकाहरूको बयान लिनुका साथै घटनास्थलबाट प्राप्त प्रमाण, उनीहरूबीच भएको आपसी सम्पर्क तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान गरिरहेको छ ।
गढिमा चौधरी हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको दायरा विस्तार गर्दै पक्राउ परेकाहरूको संलग्नता, घटनाको वास्तविकता र घटनामा अन्य व्यक्तिको भूमिका भए–नभएको विषयमा थप प्रमाण संकलन गरिरहेको जनाएको छ। घटनाको अनुसन्धान जारी रहेकाले पक्राउ परेका सबै व्यक्ति दोषी प्रमाणित भइसकेका भने होइनन ।
पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार दाहसंस्कार गरी सकेका छन । घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति पछि दाहसंस्कार भएको हो । सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ। त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँगसमेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। बालिकाको हत्याको आंशका रहेको घर प्रहरीले पाँच दिन पछि खानतलासी गरेको थियो । खानतलासीमा एक बालिकाले लगाउने कट्टु कपडा र एक महिलाले लगाउने पेटिकोट जसमा रगतको टाटो देखिएकोले प्रहरीले दुवैलाई शंकलन गरेपनि पेटीकोटमा देखिएको रगत मिन्स हुदाको भन्ने भएकोले शंकास्पद नदेखिएपछि संकलन नगरेको प्रहरीको भनाई छ ।
शेयर