बारा । राजयोगिनी दादी प्रकाशमणि ज्यूको १९ औ पुन्य तिथीमा आयोजित विश्व बन्धुत्व रक्तदान महाअभियान अन्तरगत ब्रम्हकुमारी समाज सेवा प्रभाग कलैयाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका कि उपप्रमुख रौशन प्रविनले सो कार्यक्रमको उद्धघाटन गर्नु भएकी थिईन । ब्रमहकुमारी राजयोग सेवा केन्द्र कि संचालिका मिना दिदीको सभापतित्वमा र ब्लडबैक प्रदेशिक अस्पताल कलैयाका प्रविधिक टोलीको सहयोग रक्तदान गरिएको थियो ।
उद्धघाटन कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मोहन क्षेत्री, गोपाल सेवा समितिका जिल्ला अध्यक्ष जंगबहादुर यादव, नेपाल शिक्षक संघका पुर्व अध्यक्ष देवेन्द्र गिरी, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका कोषाध्यक्ष अनिल कुमार गौरब, बारा उधोग बाणिज्य संघका महासचिव रामअसिस साह, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कि सुसमा बहन लगायतकाले आफनो बिचार ब्यक्त गर्दै रक्तदान जिवनदान भएको बताउनुभयो ।
एक थोपा रगतले कसैको ज्यान बचाउन सकिने भन्दै रक्तदान पुन्यको काम समेत भएको उहाँहरुको कथन रहेको थियो । १२ जना महिला र ५२ जना पुरुस गरि जम्मा ६४ जनाले रक्तदान गर्नुभएको ब्लडबैक प्रदेशिक अस्पताल कलैयाका प्रमुख कृष्ण यादवले जानकारी दिनुभयो ।
ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र बारामा १२ महिला सहित ६४ जनाले गरे रक्तदान











