काग्रेस बाराका सभापति यादब निलम्बनमा, राजनैतिक पुर्वाग्रह भएको यादबको भनाई 

तराईसंचार
33 पाठक संख्या
बारा । नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवलाई पार्टीको पदबाट निलम्बन र उपसभापति अमिरीलाल राउत (पाल) ले भने सफाई पाएको बिषयमा जिल्ला सभापति यादबले राजनैतिक पुर्वाग्रह भएको बताएका छन ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले पार्टीले स्पष्टीकरण नबुझाएको तथा घटनाबारे थप अनुसन्धान आवश्यक देखिएकाले जनाउदै यादवलाई अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ । आफुले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप निराधार रहेको उनले बताएका छन । अनुशासन समितिले सोधेको स्पष्टिकरण भने आफुले नदिएको उहाँले स्पष्ट पारेका छन ।
बाराका पार्टी उपसभापति विरुद्ध परेको उजुरीका सम्बन्धमा उनले पेश गरेको स्पष्टीकरण सन्तोषजनक रहेको र थप अध्ययनपछि आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको हो ।
२०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा बाराका विभिन्न तहका ३२ जना बिरुद्ध केन्द्रिय अनुसासन समितिमा उजुरी परेको थियो । सभापति यादब बिरुद्ध भने क्षेत्र नं. ३ का सभापति सहित जिल्ला सचिब समेत रहेका क्षेत्र नं. २ का उम्मेदवार भैयाराम यादब र क्षेत्र नं. ४ का उम्मेदवार तथा केन्द्रिय सहमहामन्त्री फरमुल्ला मंसुर समेतले उजुरी गरेका थिए ।
उजुरी परेका उपसभापति पाल सहित अन्यले स्पष्टिकरण पेश गरेपनि पार्टी सभापति यादब, क्षेत्र नं. २ का क्षेत्रिय सभापति राम प्रबेश यादब र क्षेत्र नं. ४ का क्षेत्रिय सभापति सुनिल प्रसाद गुप्ताले स्पस्टीकरण दिन अस्विकार गर्दै आएको बताईएको छ । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम उनलाई निलम्बन गरिएको पार्टीले जनाएको छ ।
शेयर