भोटेकोसी बाढीपीडितको लागि एक दिनमा कांग्रेस बाराको १ लाख ५० हजार रुपैया गरे जम्मा, सोमवार सम्म सहयोग रकम संकलन हुने

तराईसंचार
473 पाठक संख्या

सिकेन्द्र पासवान
बारा  । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराले सहयोग संकलन शुरु गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार अभियान तहद सहयोग संकलन शुरु गरिएको हो । रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेस जिल्ला कार्यसमितिले शनिबार कलैयामा बसेको बैठकबाट बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग संकलनको शुरुवात गरिएको हो । एकै दिनमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले आफनो गछे अनुसार सहयोग दिएर १ लाख ५० हजार रुपैयाँ संकलन भएको जिल्ला सचिव राजेश रौनियारले जानकारी दिएका छन ।

सचिव रौनियारका अनुसार राहतका लागि थप रकम समेत आउने सोमवार सम्म संकलन गरिने काम जारी रहने बताए । संकलित रकमलाई आगामी सोमबार नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषको खातामा एकमुष्ट जम्मा गरिने नेपाली काँग्रेस बाराका कार्यवाहक अध्यक्ष मनोज भट्रले जानकारी दिएका हुन ।

नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले देशभरका पार्टी संरचनालाई सहयोग संकलन गर्न आह्वान गरेको हो।

संकलित रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयमार्फत एकमुष्ट रूपमा राज्यको विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग गरिने भएको छ ।

नेपाली काग्रेस बाराका कार्यवाहक सभापति भट्टको अध्यक्षतामा बसेको बैठकमा ससंविधान सभा सदस्य लालबाबु सिंह, नेपाली काँग्रेसका बारा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति प्रभात चौरसिया, निजगढ नगरपालिका नेपाली काँग्रेसका सभापति नवराज तिम्लिसीना लगायतका सहभागिता रहेको काँग्रेसका यूवा नेता राजेश सिंहले जानकारी दिए ।

शेयर