बिधुत सर्ट हुदा १० बर्षिय बालकको मृत्यु, चार घाईते

तराईसंचार
26 पाठक संख्या
जितेन्द्र चौधरी
कोल्हबी । बाराको कोल्हबी नगरपालिका वडा नं.३ जुगवा शेरी टोलमा टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ भने चार जना घाईते भएका छन । अबिरल पानीको कारण चिसो भई रहेकोमा टिभी चलाउन बिजुली जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार दिउँसो करिब १२ बजे श्याम रामका १० वर्षीय छोरा आकाश रामको मृत्यु भएको छ । अस्पतालमा चिकित्सकले परीक्षण गर्दा बालकको बाटोमै मृत्यु भइसकेको पुष्टि गरेका थिए । घरमा बिधुत शर्ट हुदा एकै परिवारका चार सहित बचाउन गएका एक छिमेकी गरी पाँच जना घाईते भएका थिए ।
चार जनाको स्थानीय कोल्हबीस्थित अस्पतालमा उपचार भईरहेको कोल्हबी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष किशुन दयाल चौधरीले जानकारी दिनु भएको छ । कच्ची घपडाको घरमा पानी पसेको समयमा बिजुली जोड्ने क्रममा बिधुत सर्ट भएर हजुरआमा ऐतमरिया महराईन, बहिनी निर्मला राम, ठुलोममी फुल कुमारी राम घाईते भएकी हुन ।
बिधुत ८ बर्षिय बालक आकाश राममाथि परेकोले उनलाई बचाउन गएकी छिमेकी करिब ५० बर्षिय अनिता देवी बराईन समेत घाईते भएको प्रहरीले जनाएको छ । घरधनी निम्न बर्गिय श्याम राम बिदेश रहेको र उनको श्रीमति आफन्त बितेको ठाउमा अन्यत्र गएको समयमा यो घटना भएको हो ।
शेयर