कोल्हबी । नेपाली कांग्रेस कोल्हवी नगर कार्यसमितिको नगर अधिवेशनबाट बसन्त चौधरी सभापतिमा सर्वसम्मत चयन भएका छन । कोल्हवीमा सम्पन्न नगर अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ नगर कार्य समिति चयन गरेको हो । अधिवेशनबाट उपसभापतिमा रविन्द्र चौधरी, महिला उपसभापतिमा गंगा सुवेदी, सचिवमा रामबाबु चौधरी र सहसचिवमा वीरबहादुर लामा चयन भएका छन ।

त्यस्तै कोषाध्यक्षमा राजेश्वर थापा सर्वसम्मत चयन भएका छन । नगर कार्यसमितिका बाँकी सदस्यहरू भने पछि थप गर्ने बताइएको छ । अधिवेशनमा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति मुरलीधर प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल तथा साझेदारी वन समितिका अध्यक्ष रबिन्द्र पनुहर विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउन स्थानीय तहदेखि नै कार्यकर्ताबीचको एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नवगठित नगर कार्यसमितिले पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउँदै जनतासँगको सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ । अधिवेशन सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै सम्पन्न भएको हो। नवनिर्वाचित सभापति बसन्त चौधरीसहित पदाधिकारीहरूले पार्टीको संगठन विस्तार, कार्यकर्ताको सक्रियता र स्थानीयस्तरमा जनताका समस्यासँग जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नगर अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएपछि कोल्हवी कांग्रेसभित्र संगठनलाई थप व्यवस्थित र चलायमान बनाउने अपेक्षा गरिएको छ ।











