नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगर समितिको सभापतिमा रमेश पण्डित निर्विरोध निर्वाचित

तराईसंचार
19 पाठक संख्या

जीतपुर ।  नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगर समितिको सभापतिमा रमेश पण्डित निर्विरोध निर्वाचित भएका छन् । अर्का आकांक्षी छविलाल शर्माले उम्मेदवारी फिर्ता लिएर समर्थन जनाएसँगै पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । पण्डित र शर्माले बिहीबार राति सभापतिमा मनोनयन दर्ता गराएका थिए । तर अन्तिम समयमा सहमति जुटाँउदै पण्डितलाई सभापतिमा निर्विरोध निर्वाचित गरिएको हो ।

समितिको पदाधिकारीमा पनि पण्डित पक्षकै सबै निर्विरोध भएका छन् । नगर उपसभापतिमा उदयबहादुर श्रेष्ठ, नगर उपसभापति (महिला) मा ज्ञानीदेवी पासवान, सचिवमा विनोद अधिकारी, सहसचिवमा दीपक दाहाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सूर्यजीत सिंहले जानकारी दिएका छन् ।

शेयर