सुन्यका बिरुद्ध एक गोलले जन जागृती युवा क्ल्ब सिमरा बिजयी

तराईसंचार
380 पाठक संख्या

जितेन्द्र चौधरी
कोल्हबी । करैयामाई जारी दोस्रो करैयामाई गोल्डकप फुटबल प्रतियेगितामा २०८२ अन्तर्गत मंगलवार चौथो खेलमा सनराईज युवा कल्ब उमजनलाई सुन्यका बिरुद्ध एक गोलले जन जागृती युवा क्ल्ब सिमरा बिजयी भएको छ ।

जन प्रगती युवा क्ल्बको करैयामाईको आयोजना र करैयामाई गाँउपालिका को मुख्य सहयोगमा भएको खेलको म्यान अफ द म्याच जन जागृती युवा कल्ब सिमराको खिलाडी जर्सी नम्बर ९ का रबिन चौधरी घोषित भए । जसपा जिल्ला कार्य समिती बाराको सदस्य रामनारायण प्रसाद साहको प्रमुख अतिथ्यता र आयोजक कल्बको अध्यक्ष रुपनारायण प्रसाद यादवको अध्यक्षतामा प्रतियोगितामा भएको थियो ।

वडा नम्बर ७ को वडा अध्यक्ष बृज चौधरी, नेकपा एसको जिलला अध्यक्ष बिजेन्द्र चौधरी लगायत खेलप्रमी दर्शकहरुको उलेल्खनिय उपस्थिती रहेको थियो । प्रतियोगीता अन्तर्गत पहिलो सेमिफाइनल खेल बुधवार ए पि एफ बर्दिबास र आयोजको बिरुद्ध हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जानकारी दिनु भयो । प्रतियोगिताको बिजेता टिमले नगद ६० हजार शिल्ड , मेडल , प्रमाणपत्र र उप विजेता टिमले ३० हजार शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

शेयर