अन्तरिम सरकार प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,कार्कीको क्याबिनेटमा कुलमान घिसिङदेखि ओमप्रकाश अर्यालसम्म अटाउने सम्भावना

तराईसंचार
336 पाठक संख्या

काठमाडौं  । राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण भएको छ।

त्यस लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ ।

अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा कुलमान घिसिङदेखि ओमप्रकाश अर्यालसम्म अटाउने सम्भावना रहेको छ ।

मन्त्रिपरिषद् गठनका लागि चलिरहेको छलफलमा अधिवक्ता ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिने चर्चा छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ, रक्षामन्त्रीमा पूर्वरथी बालानन्द शर्मा र कानून मन्त्रालयमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईको सम्भावना रहेको स्रोतले जनाएको छ ।

शेयर